म
अत्यन्त थकित भैसकेको थिएँ,
हतार
हतार झोला निकालेर
सिरानीमुन्तिर
आड लगाउंदै
लजको
खाटमा
पल्टें र भुसुक्कै निदाएं,
हठातको
मेरो निर्णय देखेर
झोला
सोचमग्न देखिन्थ्यो
कति
बेला हो कुन्नि
झोलाका
दुई फिता
दुई
हात झैं बनेर उसका
पहिले
सुस्त..री मलाई
र
पछि आफैलाई छामेको देखें
एक
एक गरी
गन्तीको शैलीमा झोला भट्टयाउँदो रहेछ -
अलिकति
चिउरा र दालमोठ
एक
बोतल पानी, एक सानो मग
आधि
खोलेको बिस्कुट
आधा
चाउचाउ,
यहाँ
उहाँ टन्नै कोचिराखेका कपडा
एउटा
टर्चलाइट, एकजोर थप ब्याटरी
एक
पुरिया साबुन
फेरि
अलिकति धुलो डिटरजेन्ट पनि
प्लास्टिकमा
बाँधी राखेको,
रेजर,
ब्रश र दंतमन्जन
सेभिंग
क्रिम र सन्स्क्रिन
ओडोमस
– लामखुट्टेको कवच
एक
तौलिया र एकरोल टिस्सू छुट्टै
क्यामेरा
र चार्जरहरु
शिरैमा
थपक्क राखेको
आइफोन,
चश्मा र घडी
बाहिरी
खल्तीमा केहि किताबहरु
एउटा
कलम, नोटबुक र नक्सा पनि
अलिकति
औषधिहरु र घाऊ छोप्ने टेप
अरु
खासै केही भेटिएन,
यति
भएपछि यात्रा बन्दो रहेछ
लामै
यात्रा,
एकाएक
बिजुली चम्के झैं
झोलाको
अग्रभागमा
दुई
आँखा झिमिक्क खुले
र
झोला चलमलायो,
उसलाई
मनमनै लाग्यो होला -
तिमीसंग
भएको सबै त मैसंग छ
आफैं
एउटा यात्रा हिंड्छु अब
साँच्चै, पुलुक्क मतिर हेरेर
साँच्चै, पुलुक्क मतिर हेरेर
झोला
हिंड्यो
गंडयौला
झैं घिश्रेर ढोकासम्म,
ऊ बाहिर निस्कनासाथ
ठूलो
आबाज आयो
भर्यांगको
दंगदंग पछि
एक्कासि
भुइंमा पछारिएको आवाज !
मेरो
निद्रा खुल्यो
बेशक
झोला ठाउँमा थिएन
निस्की हेर्दा
पर्खालले घेरेको लजको आँगनबाट
लाख
प्रयाश गर्दा पनि
कतै
बाहिर उम्किन नसकेर
थकित,
गलित, धुलित
र
बेहिसाब घाइते भएको मेरो झोलाले
आँखा
तर्दै मसित भन्यो –
यसरी
बिस्मयी नजरले हेरेर
मलाई
लज्जित नपार,
एउटा
उन्मुक्त यात्राको भ्रममा हिंडेका
तिमी
पनि त मजस्तै
झोला
हौ कसैका !