मलाई माफ गर
मैले नै उकालेको थिएं सारा यात्रुहरूलाई
मैले नै चढाएको थिएं चालक दललाई
विहानको जाडो छिचोल्दै उदाएका
उज्याला घामका किरणहरूसंगै
एउटा ताजा दिनको उल्लासमा
एउटा सुन्दर उडान
सुन्दर दृश्यावलीहरू
र त्यसपछिको
एउटा सुन्दर गन्तव्य
या प्यारो घर
सक्रान्ति मेला, महोत्सव
र अरू हजार रहर र सपनाहरू
म उडेको हुं संगसंगै
मलाई लिएरै उडेका हुन् उनीहरूले
ताकि संभव बनोस्
गन्तव्यमा
एउटा सुन्दर अवतरण
मलाई माफ गर प्रियजनहरू
दुर्भाग्यवश,
म पहिल्यै छूटें उछिट्टिएर
र छट्पटाईरहेको छु आजसम्म
असह्य पीडाबोधमा
निभाउन नसकेर आफ्नो कर्तव्य
र साक्षी बस्नुपरेकोमा
प्रलयरूपी आगोको लप्काले निलेका
सुन्दर जीवनहरुको दर्दनाक अवसानमा
म रोईरहेको छु पश्चातापमा
र कांपिरहेको छु अझै
शोक र समवेदनाको उत्कर्षमा ।
Forgive me
I showed the way up to all the passengers
I took the crew
In the freshness of the morning
With sunshine cutting across the chill of the city
A beautiful flight
Beautiful sceneries
And a beautiful destination
Or sweet home
Sankranti feast and festivities
A thousand other wishes and dreams
I flew with them together
So as to ensure, at the destination
A beautiful safe-landing
I'm sorry, dear ones
Unfortunately
I missed everyone
Being already hurled out suddenly
I'm mourning to this day
In the unbearable pain
Failing to fulfill my duty
And for having to be a witness
Of the painful end of the beautiful lives
Devoured by cataclysmic flames
I am crying in regret
And I'm still shivering
At the climax of grief and condolence.
No comments:
Post a Comment