Sunday, April 7, 2013

शहरमा



के  के बिकेन शहरमा रातभर ?
साँचो दिल टिकेन शहरमा रातभर 

दुश्मन, दिवाना साटिए शहरका
सडक - सिमाना ढाँटिए शहरका  
फूल-पत्ता, जरा छांटिए शहरका  
उड्ने डुल्ने चरा काटिए शहरका   

बिटा बिटा नोट, सबैका हातमा
अब  बाँकी के छ, शहरको साथमा ?
सारा चिज  बिक्यो, यो एकै रातमा ,
(जब हाट उठ्यो, बदलियो घाटमा !)

शहर सग्लै किन बिकेन, रातभर ?
जब यौटै रहर टिकेन रातभर ?

javascript:void(0)