Friday, March 8, 2013

सुहाएन ......



तिम्रो पनि मन हुनु, यो त अल्लि सुहाएन
गल्ती भयो भन्दै रुनु, यो त अल्लि सुहाएन
यत्ति सानो घरभित्र यत्रो ठूलो राँको बाली
खाकमाथि आँसु धुनु, यो त अल्लि सुहाएन !

सप्तरंगी इन्द्रेनीको रंग थुती यौटा यौटा
भत्क्यो भन्दै पिरोलिनु, यो त अल्लि सुहाएन
यत्रो रगत यत्रो हुर्मत, केका निम्ति थियो कुन्नि
बिर्सी सबै साधु हुनु, यो त अल्लि सुहाएन !

 
javascript:void(0)