Wednesday, January 2, 2019

प्वाँख














ए नकुल्च ! यो छिचिबिरे प्वाँखलाई     
यो उड्दा-उड्दै
हठात् खसेको प्वाँख हो  

टपक्क टिपेर यसलाई
कुनै रुखको अग्लो डालीमा,
घरको पालीमा,
या देउरालीमा 
अग्लो ढुंगामाथि राखिदिउँला
कुनै हावाले उडाईलैजाला
   
नभए,
मै राखुँला यसलाई 
मेरा कितावका पानाभित्र
या 
सिउरिन दिउँला कसैलाई चुल्ठोमा !

नकुल्च,........ 
यो उड्दाउड्दै खसेको प्वाँख हो !

javascript:void(0)