चैतन्य अधिकारीका मौलिक कविताहरुको संगालोमा तपाईंहरुलाई हार्दिक स्वागत गर्दछु
झर्नुअघि
पातले हांगासंग भन्यो -
यो लामो साथको निम्ति धन्यवाद !
हांगा सोचमग्न भएर
झर्दै गरेको पातलाई
हेरिरह्यो
उसलाई निहुरिन अनुमति थिएन ।
javascript:void(0)
No comments:
Post a Comment