Monday, May 22, 2023

हांगा र फल

 

हावाले धेरैपल्ट हांगालाई भन्यो

म दुषित भएं

तिमीसंग टांस्सिएर बसेको

ळगभग कुहिसकेको फलको कारणले

टाढा टाढासम्म दुर्गन्ध फैलियो

चराहरूले पनि रूचाएका छैनन् यसलाई

अब माटोमा विसर्जन गर्ने बेला भयो

हांगाले नसुने झैं गर्यो

यसपाली भने के लागेछ कुन्नि

हांगा मनैदेखि हल्लिएर

त्यसलाई खसालिदियो ।

No comments:

Post a Comment

javascript:void(0)