Tuesday, September 24, 2013

शहर / लहड


आज बेग्लै शहरको रहरमा
उड्दै छु म यो शहरमा
एक नयाँ लहड लहडमा
एक नयाँ चहक महकमा


यहाँ फूल फुलेका म देखुँ
यहाँ दिल मिलेका म देखुँ
सयौं स्वप्नका सितारा
झिलमिल बलेका म देखुँ


सारा शिर उठेका म पाउँ
कर्म-बीर जुटेका म पाउँ  
हर ओठ  रसिला, रबाफी
हर्ष-तीर छुटेका म पाउँ   


यो शहर छ दिब्य, मनोहर
यो बनोस् धराकै धरोहर
आज यस्कै नशालु झलकमा
बेखबर पथिक छ पलकमा !


आज एक नयाँ बचेरा
नाघेर बादल्- घेरा
उड्दै छ माथि सगरमा
भिन्दै शहरको रहरमा !

No comments:

Post a Comment

javascript:void(0)