जराको माटो
ठाउं सरेका रुखहरुले
बोकेकै हुन्छन जरामा
धेर-थोर
आफ्नो माटो
र तिनका नशामा
धड्किरहेकै हुन्छ
त्यसको रसान
साथीहरु हो !
हाम्रा पनि जरा होलान
र त्यहाँ टाँसिएको होला
हाम्रो माटो !
त्यहि खोज्दै
कुनै दिन
तिमी आयौ भने यहाँसम्म
माटोले नाइँ भन्नेछैन !
javascript:void(0)
wawawawwaawaa
ReplyDelete