हजुर, यहाँ त प्रोफेसर पो,
पार्टीकै भरियामा
मुकर्रर भो ?
यो हजुरकै क्षमताको कदर
हो,
या गाडी बंगलाको रहर हो
?
पाठशालामै ब्यापार सदर
भो ?
एक पन्थ, दुइ काज नजर भो ?
हजुर, यहाँ त प्राध्यापक पो,
यो लालच बेढब, अनाहक हो !
हजुर, यहाँ त प्रोफेसर पो,
कुमति हजुरकै ठहर भो !
न आफू सफा, न कुर्ची सफा
चारपाउ हिलोमै, जहर भो !
हजुर, यहाँ त प्रोफेसर पो,
सरकार, पत्रकारको के डर भो ?
प्राज्ञबल त ठूलो
आत्मबल पो,
देख्तादेख्तै त्यो बल
ढलपल भो !
professor ko pani yo taala bhaye pachi yo desh ko k chaal hune hola ta khoi ?
ReplyDelete