Wednesday, May 22, 2013

हल्ला महिमा



भूपिजी
माफ़ पाऊं,
यो हल्लै हल्लाको देश अबश्य हो
यहाँ हल्लाहरु फिजाउँदै घाम उदाउंछ
तर त्यो अस्ताउने बेलासम्ममा
एकाध मीठा मसिना हल्लाहरु
कागती  झैं कसैले निचोरिसकेको हुन्छ   
वाईघात नमीठा हल्लाहरुजति  
जम्मै पाकेर
भोगटेको डल्ला जस्तै साकार भईसक्छन्  
र मध्यरात सम्ममा
ती  हाम्रा शिरैमाथि खस्छन  
यसरी  कि, हाम्रा  सारा सपना टुट्छन्   
र तिनका पात्रहरु
निकम्मा, निर्लज्ज र गतिहीन बन्छन         

त्यसैले
यो हल्लाबाट डल्ला बन्ने  देश हो
चन्ड़ालहरु चोकैमा बसेर  
हल्ला भुक्दै, फुक्दै गरेर दिउँसोभरि  
घरि सकार्दै, घरि नकार्दै   
बेलुकासम्ममा त्यसैलाई
"ओम फट् " भन्ने देश हो

भूपीजी, माफ पाऊँ,
तिम्रो कबितामा ट्युमर थपेकोमा
तिमीले देख्न नपाएको नियति खोपेकोमा,

बास्तबमा ,
अरु केहि नगरी    
यो हल्लालाई नै दोसल्ला ओढाइबस्ने  देश हो |
यो हल्लालाई नै धूप बत्ति चढाइबस्ने देश हो |

4 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. "यो हल्लाबाट डल्ला बन्ने देश हो"
    हो त यो हल्लै हल्लाको पछी लाग्ने भेँडाहरुको देश हो। तितो सत्य !!!

    ReplyDelete

javascript:void(0)