Tuesday, May 7, 2013

यार्सागुम्बा उत्सब


सिरान कोठाबाट
फेरी घन्टी बज्यो
मुखियाबाको समाचार आयो
उठ, पत्थर-पाटन उठ
यार्सागुम्बा पलायो
अब टिप्ने बेला आयो

उर्दी मुताबिक ,
सबैले एउटा बर्को अबश्य ओढ्नु
घाममा नडढनु
हिउमा नलड्नु
भीड नगर्नु र
आफ्नो जोहो गर्नु ,
मुखियाबालाई अप्ठेरो नपार्नु |

उर्दीले नभने पनि
पत्थर-पाटनले यो समेत बुझेको छ  -
यो कमाउने याममा
इमान जमान घरमै छोडीजानु   
आफ्नो आफन्त नभन्नु  
साथी सन्त नबन्नु
यतिबेला यार्सागुम्बा मात्रै सोच्नु
बाँकी पछिलाई छोड्नु  |

बुढाबुढीदेखि केटाकेटीसम्म
हरेकका मनमा
यार्सा गुम्बाको टुसा पलाएको छ,
पत्थर-पाटनमा उत्सब आएको छ |

1 comment:

  1. पुन: एउटा सानदार, ज्यान-दार र वजन-दार कविता !-- यार्सा गुम्बाको 'सिजन' साँच्चै सुरु हुन लाग्या छ क्यार गाउँ सहर दुबैमा । यार्सा गुम्बाको रूप फरक फरक भए पनि तरिका त ठ्याक्कै यही हो:

    यो कमाउने याममा
    इमान जमान घरमै छोडीजानु
    आफ्नो आफन्त नभन्नु
    साथी सन्त नबन्नु
    यतिबेला यार्सागुम्बा मात्रै सोच्नु
    बाँकी पछिलाई छोड्नु |

    ReplyDelete

javascript:void(0)