सिरान कोठाबाट
फेरी घन्टी बज्यो 
मुखियाबाको समाचार आयो 
उठ, पत्थर-पाटन उठ 
यार्सागुम्बा पलायो 
अब टिप्ने बेला आयो 
उर्दी मुताबिक ,
सबैले एउटा बर्को अबश्य ओढ्नु 
घाममा नडढनु 
हिउमा नलड्नु 
भीड नगर्नु र 
आफ्नो जोहो गर्नु ,
मुखियाबालाई अप्ठेरो नपार्नु |
उर्दीले नभने पनि 
पत्थर-पाटनले यो समेत बुझेको छ  - 
यो कमाउने याममा 
इमान जमान घरमै छोडीजानु   
आफ्नो आफन्त नभन्नु  
साथी सन्त नबन्नु 
यतिबेला यार्सागुम्बा मात्रै सोच्नु
बाँकी पछिलाई छोड्नु  | 
बुढाबुढीदेखि केटाकेटीसम्म 
हरेकका मनमा 
यार्सा गुम्बाको टुसा पलाएको छ, 
पत्थर-पाटनमा उत्सब आएको छ |
पुन: एउटा सानदार, ज्यान-दार र वजन-दार कविता !-- यार्सा गुम्बाको 'सिजन' साँच्चै सुरु हुन लाग्या छ क्यार गाउँ सहर दुबैमा । यार्सा गुम्बाको रूप फरक फरक भए पनि तरिका त ठ्याक्कै यही हो:
ReplyDeleteयो कमाउने याममा
इमान जमान घरमै छोडीजानु
आफ्नो आफन्त नभन्नु
साथी सन्त नबन्नु
यतिबेला यार्सागुम्बा मात्रै सोच्नु
बाँकी पछिलाई छोड्नु |