Saturday, January 21, 2012

असन्तुष्टिका दुई स्वर


बिडम्बना

घाम देख्न खोजिरहेछ

बादल छेक्न खोजिरहेछ

घाम टेक्न खोजिरहेछ

बादल अँचेट्न खोजिरहेछ

घाम लेख्न खोजिरहेछ

बादल मेट्न खोजिरहेछ

हरे, यो घम्साघम्सीले

जुग रेट्न खोजिरहेछ

-------------------


कटाक्ष

धरोधर्म,

कसैले बुझेको भए

मरिजानु , तिम्रो कविता !

यो के भनेको हो,

"विसंगत जिजीबिषा"?


शब्दका ठेलीमा बल्छी खेलेर

दुरुह अभिव्यक्तिको झ्यांग जेलेर   

विद्वताको नाममा बिचित्रै रमिता !

यो के भनेको हो,

निर्बासित अस्मिता”?


जब मैले लेख्छु सीधा सीधा कुरा

तिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!

फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?

तर भावले टिलपिल ! देख्यौ नि पुरा ?


3 comments:

  1. ...जब मैले लेख्छु सीधा सीधा कुरा
    तिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!’
    फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?
    तर भावले टिलपिल ! देख्यौ नि पुरा ?...

    अहा!! यतानेर त महाकविलाई पनि पढिरहेको छु झैं भान भयो । राम्रो ।

    ReplyDelete
  2. '....महाकविलाई 'नै' लेख्न चाहेको 'पनि' हुनगएछ...', यसले बुझाउला ।

    ReplyDelete
  3. यस पटकको 'बिडम्बना' र 'कटाक्ष' दुबै अब्बल !!!। अझ त्यसमा पनि माथि दीपक जीले उद्दरण गर्नु भएका चार लाइन त साँच्चै अत्यन्त सुन्दर !

    ReplyDelete

javascript:void(0)