प्रिय शहिदहरु !
तिम्रा सपनामा मैले आफूलाई समाहित गरेको छुतिम्रा बलिदानमा मैले आफूलाई प्रवाहित गरेको छु
म आँसु चुहाउन्न, मानिसका आँसु कृतिम भैसके
म श्रद्दान्जली छपाउन्न, खोक्रा औपचारिकता भर्दिन
न जुलुस धाउँछु, न शालिक सजाउँछु
आस्थाविहिन विवेकहीन भीडमा किन सल्बलाउँछु?
कुनै कृतज्ञता होइन त्यो, प्रिय सपुतहरु
तिमीले आफूलाई बलिबेदीमा चढाएर देशको माया गर्यौ
हामीले बाँचेरै पनि देशको माया गर्न सक्नुपर्छ
तिमीले सहादत भएर देशलाई स्वतन्त्रता दियौ
हामीले बाँचेरै त्यसको रक्षा गर्नुपर्छ
र औजारहरु बोकेर देश निर्माणमा जुट्नुपर्छ
खोइ, यहाँ त सधैंभरि युद्द र कटाक्षका कुरा चलेका छन्
आफ्ना कृत्य कुकृत्यमा जोसुकैले 'शहिद' बोलेका छन्
प्रिय शहिदहरु
इमान्दारीपूर्वक
मैले आफ्नो बारीमा सुंदर सब्जीहरु उब्जाउँछु
मैले आफ्नो खेतमा सुनौला अन्नहरू लहलहाउँछु
मैले जागिरमा आफ्नो उत्तरदायित्व निभाउँछु
मैले ब्यापारमा आफ्नो धर्म राख्छु
म पढाउँछु र देशका नागरिक बनाउँछु
यसरी प्रत्येक पेशामा आफ्नो पौरख अर्पनु
यो पनि तिम्रै सपना होइन र शहिदहरु
नारा र भाषण भन्दा बेग्लै
छुट्टी र सडक नामाकरण भन्दा बेग्लै
एउटा कलाकारको सुंदर कलाकृति पनि तिम्रै सपना होइन र ?
एउटा कविको सुंदर कविता पनि तिम्रै सम्झना होइन र ?
माटोका प्रत्येक कण कण सजाउने तिम्रो सपना
बगैंचाका प्रत्येक छेउ कुना रंगाउने तिम्रो संकल्प
सबैले आफ्ना आफ्ना काँधहरु थापेर देशलाई बोकिदिए....
सबैले आफ्ना आफ्ना औंलाहरु चलाएर माटोलाई गोडीदिए.....
सबैले आफ्ना आफ्ना औंलाहरु चलाएर माटोलाई गोडीदिए.....
कुर्चीहरुले कर्तब्य नलत्याईदिए....
झन्डाहरुले गन्तब्य नबिर्सिदिए.....
हामीले आफ्नो शिर उठाउन केही गर्यौं भने
देश आफैं माथि उठ्ने छ
हामीले आफ्नै पैतालामा उभिन केही गर्यौ भने
देश दह्रोसंग उभिने छ
प्रिय शहिदहरु
मैले त शहादतलाई धड्कनमा सजाएको छु - जीवन वहार मानेर
मैले त बलिदानलाई स्पन्दनमा अटाएको छु - जीवन उपहार भनेर
तिम्रो उपकारको ऋणी छु म,
त्यसैले
एकमिनेट मौनधारण नगरेरै पनि तिम्रो आवाज सुनेको छु
प्रभातफेरीमा नझुल्केरै पनि तिमीले हिंडाएको बाटो चिनेको छु !
झन्डाहरुले गन्तब्य नबिर्सिदिए.....
हामीले आफ्नो शिर उठाउन केही गर्यौं भने
देश आफैं माथि उठ्ने छ
हामीले आफ्नै पैतालामा उभिन केही गर्यौ भने
देश दह्रोसंग उभिने छ
प्रिय शहिदहरु
मैले त शहादतलाई धड्कनमा सजाएको छु - जीवन वहार मानेर
मैले त बलिदानलाई स्पन्दनमा अटाएको छु - जीवन उपहार भनेर
तिम्रो उपकारको ऋणी छु म,
त्यसैले
एकमिनेट मौनधारण नगरेरै पनि तिम्रो आवाज सुनेको छु
प्रभातफेरीमा नझुल्केरै पनि तिमीले हिंडाएको बाटो चिनेको छु !
यो मेरो धेरै बर्ष पुरानो, २०५० सालतिर लेखिएको कविता हो, आज पनि सान्दर्भिक नै लागेर टाँस्ने हिम्मत गरें |
ReplyDeleteसाँच्चै सान्दर्भिक छ कविता र राम्रो पनि छ ।
ReplyDelete