बिडम्बना
घाम देख्न खोजिरहेछ
बादल छेक्न खोजिरहेछ
घाम टेक्न खोजिरहेछ
बादल अँचेट्न खोजिरहेछ
घाम लेख्न खोजिरहेछ
बादल मेट्न खोजिरहेछ
हरे, यो घम्साघम्सीले
जुग रेट्न खोजिरहेछ
-------------------
कटाक्ष
धरोधर्म,
कसैले बुझेको भए
मरिजानु , तिम्रो कविता !
यो के भनेको हो,
"विसंगत जिजीबिषा"?
शब्दका ठेलीमा बल्छी खेलेर
दुरुह अभिव्यक्तिको झ्यांग जेलेर
विद्वताको नाममा बिचित्रै रमिता !
यो के भनेको हो,
“निर्बासित अस्मिता”?
जब मैले लेख्छु सीधा सीधा कुरा
तिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!’
फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?
तर भावले टिलपिल ! देख्यौ नि पुरा ?
...जब मैले लेख्छु सीधा सीधा कुरा
ReplyDeleteतिमीलाई लाग्दो हो, ‘कठै, बेसुरा!’
फुटी-कौडी भेटिएन, काव्यिक संहिता ?
तर भावले टिलपिल ! देख्यौ नि पुरा ?...
अहा!! यतानेर त महाकविलाई पनि पढिरहेको छु झैं भान भयो । राम्रो ।
'....महाकविलाई 'नै' लेख्न चाहेको 'पनि' हुनगएछ...', यसले बुझाउला ।
ReplyDeleteयस पटकको 'बिडम्बना' र 'कटाक्ष' दुबै अब्बल !!!। अझ त्यसमा पनि माथि दीपक जीले उद्दरण गर्नु भएका चार लाइन त साँच्चै अत्यन्त सुन्दर !
ReplyDelete