अझै एकपल्ट
यी पाखाभरि गुराँस
फुलेको हेरेर मर्न पाऊं
अझै एकपल्ट
यी पर्बतभरि हिउँ
चुलिएको हेरेर मर्न पाऊं
जीवन त
अघाउन्जेल बाँचें म
अब बाँच्न मन छैन
तर हेरेर अघाएको
छैन यो गुराँस
हेरेर पुगेको
छैन स्निग्ध सेता हिमाल
अरुलाई के के
दिए भगवानले
मलाई पर्वाह छैन
धरोधर्म, मेरो
सर्वस्व बाजी राखेर भन्छु -
धर्तीमा यति
राम्रो ठाउँ अरु हुनै सक्तैन
धर्तीमा मेरो
जस्तो गाउँ अरु हुनै सक्तैन
होला उस्तै कुनै
भए,
यै नेपालभित्र
होला
अन्यत्र कतै
हुनै सक्तैन
मेरो अन्तिम
धड्कन छुटाउने रहर हो यो
मेरो श्वासको
बन्धन फुकाउने रहर हो यो
भगवानले मलाई जे
दिए,धर्तीको नाउँमा
त्यसलाई आँखा
भरि भरि साँचेर
म चिम्लन
चाहन्छु यी आँखा
र निदाउन
चाहन्छु चिर निद्रा !
Nepalis are patriotric. The poem reflects here intensively,
ReplyDelete