संगसंगै जुटेका हौँ हामी
झ्याल र पर्दा भएर
तर, त्यहींबाट शुरु भयो
हाम्रो टक्कर
संगसंगै बसेको नाता
हामी संगसंगै खुल्नुपर्थ्यो
हामी संगसंगै बन्द हुनुपर्थ्यो
झ्याल बन्द हुँदा समेत
पर्दा अझै खुल्न मिल्थ्यो
छ्या, शितल बतास र न्यानो
प्रकाश
तिमीलाई किन निको नलागेको
?
तिमी पर्दा भएर सोच्यौ – म त पर्दा हुँ
खुल्नु आबश्यकता नै होइन मेरो
म झ्याल भएर सोचें – म त झ्याल हुँ
खुल्नु धर्मै हो मेरो
यस्तै हठलाई
हामीले आ-आफ्ना पराक्रम ठान्यौं
आखिर, आजित भएर टुटें म एकदिन
तिमीलाई ख्यालै भएन
कारण, तिमी बाहिर हेर्दैनथ्यौ
घाम चिन्दैनथ्यौ, जुन चिन्दैनथ्यौ
झरी नजान्ने, हुरी नजान्ने तिमीलाई
गमलामा हुर्कंदै गरेको मनिप्लान्ट
खतरामा छ भन्ने के थाहा ?
लौ म हिंडे,
ए, भित्र कोही त होला
यो कक्रिएको पर्दालाई पन्छाएर
एकपल्ट बाहिर चियाइहेर्नु
एकपल्ट बाहिर चियाइहेर्नु
यतिन्जेलको मेरो उफानी सकस
चर्केका खापाका डोबहरुमा पढ्नु |
हेर्नुहोला साहित्यकार तथा पत्रकार दिया चन्दको यो लभर नम्बर वानको भिडियो
ReplyDeletettp://www.imandarmedia.com/2017/01/lover-number-1_9.html