नांगिनुलाई
तिमी अनैतिक नभन
बरु
नांगिएरै नैतिक बनेका छन्
कैयौं
अनैतिकहरु
हेर,
नांगाहरु
कति नजिक छन् एकआपसमा,
कति
आत्मीय छन्,
केही
नभएरै पनि साथमा
बाँडिरहेका
छन् निस्फिक्री प्रेमको माधुर्य
सृष्टीको
अमर, अमुल्य उपहार
त्यसैले
मुटु
चोपेर बनाउँछन् नांगा तस्वीर, कलाकारहरुले
आगो
र नौनी एकैसाथ मुछ्न सक्छन तिनीहरु,
कविहरु
खाली छटपटाउंछन् मात्रै,
शब्दहरु
खश्रिएर अड्किन्छन - तिनका घांटीमा !
हरे
बेहोशी,
जब
प्वाँख लगाएर भुरुरु उड्छ नांगो पुतली
जब
घुम्टो फ्याँकेर फक्रिन्छ नांगो गुलाफ
जब
डोल-परेली खुल्छन नायिकाका
या
नांगो ओंठ फुस्फुसाउंछ,
हजार
केसिकाहरु एकैसाथ खिचिंछन् -
दर्शक
अन्तस्करणमा,
र
कौतुहलका हजार घिर्निहरु एकैसाथ चल्छन - घुरुरुरु
समय
सुक्ष्म निद्राको ओडार छिरी निस्कंदा
देख्छ,
निमेष
ननिभेका नयनभित्ते दियोहरु
अविराम
अनुभूत भैरहेको तिनको न्यानोपन
पिंग-मन
मच्चिएर उरालिइरहेको
र
बेजोड सिर्जनाहरु लहलहाइरहेका स्वप्न-बगानमा !
तिनलाई
समेल्ने मोह-बाजीमा
कोही
मिहिन सर्का गाँसेर अमर बन्छन्
(कोही
भद्दा धर्का टाँसेर हराउंछन् )
चोक
चोकमा
थप
नांगा आकृति उभिन्छन्
(भीड
जम्छ संग्रहालयमा ! )
र
युगले सभ्यताको अर्को पुंजी थप्छ
त्यसैले,
नांगिनुसंग
नडराऊ
नांगिनेसंग
नकराऊ
ए
नांगिनेहरु हो,
निस्फिक्री,
आफुखुशी नांगिऊ
यसरी
कि,
संसार
आनन्दित बनोस् ,
भुलोस्
उसले आफ्ना निरस तानाबाना
र
एकैछिन किन नहोस्
निसंकोच
तारिफ गर्दै हेरिरहोस्
रातो
फुललाई झैं !
No comments:
Post a Comment