Friday, October 5, 2012

धर्म संक्रमण

मेरै घर अगाडी डबलीमा उभिएर

त्यो मान्छे

हरेक दिन

मेरा आस्थाको बिरुद्ध बोल्छ

मेरा इश्वरको बिरुद्ध बोल्छ

र मेरो धर्मको उपहास गर्छ

अनि भन्छ

जाउँ हिंड चिया खान

पहिलो दिन

मलाई रिस नउठेको होइन

मलाई अनिच्छा नभएको पनि होइन

तैपनि

बिद्रोह गर्न नसकेर

उसको पछि लाग्छु



फेरी अर्को दिन

उसैगरी

सबेरैदेखि मानिस बटुलेर

तिनै कुरा दोहोर्याउँछ

जातभातको कुरा गर्छ

रुढीबादको  कुरा गर्छ

दमन र असमानता

गरिबी र पछौटेपनसहितको दोष

मेरो धर्मलाई लगाउँछ

सदियौंदेखि मान्दै आएका

मेरा परम्परामा खोट देखाउँछ

मलाई घरिघरि

उसका केही कुरा हुन् जस्तो पनि लाग्छ

उसका केही कुरा होइनन जस्तो पनि लाग्छ

उ भन्छ – जाउँ हिंड चिया खान

म लुरुलुरु जान्छु र चिया खान्छु



प्रत्येक दिन यसरी सुन्दै जांदा

प्रत्येक दिन उसकै पैसाको चिया खाँदा

बिस्तारै मलाई

त्यो मान्छे मन पर्दै आउँछ

उसका धेरै कुरा सही ठहर्दै आउँछ

उसले हातमा थमाएका

पटपटाउँदा रंगिन किताबहरु

मलाई  प्रिय लाग्न थाल्छन


कसैसंग केही नभने पनि

कसैसंग बहस नगरेपनि

आजभोली एक बिहान मात्रै पनि

कोठामा एक्लै बस्नुपर्दा

मलाई उसैसंग जान मन हुन्छ

उसकै कुरा सुन्न छटपटी हुन्छ

त्यो मान्छेले

कसरी कसरी मलाई मोहनी लगाउँछ

मलाई अनुयायी बनाउँछ

2 comments:

  1. धेरै राम्रो रचना लेख्नुभयो जहाँ एक घमण्डी अनि अर्को इमान्दारको लडाईं हुँदा इमानदारको जित भएको छ http://adhikarikedar.blogspot.com

    ReplyDelete
  2. हामी धर्म मान्छौँ तर व्यक्तिगत धर्मै विर्सिएर!!!
    झक्झक्याउने कविता सधैँझैँ....

    ReplyDelete

javascript:void(0)