Thursday, October 18, 2012

फुर्सतका कुरा

“हेलो, ...................

कार्यक्रम बन्यो, हतार हतार

लगभग सबथोक भैसक्यो तयार

भोलि नबिर्सी आउनु नि यार ! ”



छुट्टी गनी बसेको

शनिबार भनी बसेको

रहरका बिबिध योजना

मनमनै बुनी बसेको

अलपत्र पार्न पनि कठिन

पछिलाई सार्न पनि कठिन

निम्ता हार्न पनि कठिन

भोलि छ्यास्स भेट हुँदा तिमीसंग

कुराले टार्न पनि कठिन

हे भगवान !

गोष्ठी गरेपछि

सभा गरेपछि

एकाबिहानै घरबाट

निस्कन परेपछि

फुर्सत कहाँ रह्यो साथी मेरो

तिमीले हरेपछि ?

------------------------------------------

मुश्किल भो छुट्टी भेट्न छुट्टी भनेकै दिन

साँचेर राख्ने यौटा, माग्ने कति पो हुन ?

2 comments:

  1. अलपत्र पार्न पनि कठिन
    पछिलाई सार्न पनि कठिन
    निम्ता हार्न पनि कठिन
    भोलि छ्यास्स भेट हुँदा तिमीसंग
    कुराले टार्न पनि कठिन


    साँच्चै परेरै लेखेजस्तो लाग्यो । आफूलाई पनि कहिलेकाही यस्तै परेकोले आफ्नै कथा लेखेजस्तो पनि लाग्यो !

    ReplyDelete
  2. दिलिप दाइले भन्नु भए जस्तो ... यो त् Chaitanya जी तपाइले आफुलाई परेर नै लेख्नु भए जस्तो छ ....
    कहिले काही यस्तै हुन्छ भन्या ... मलाइ पनि !

    ReplyDelete

javascript:void(0)