शहर बिस्तार भयो भन्छन
सांघुरिनु नै यसको नियति भएको छ
साँघुरा घर/ बस्ती
साँघुरा स्कुल/ कार्यालय
साँघुरा सडक / गल्ली
र सांघुरै सबारी साधनहरु
मान्छेको भीड मात्रै ठूलो
टेक्ने ठाउँ जहाँतहीं साँघुरो
शहर ठूलो भयो भन्छन
नपुग्नु / नअट्नु नै यसको परिणति भएको छ
बच्चाबच्चीलाई खेल्ने चौर छैन
बुढाबुढीलाई टहलने पार्क छैन
अस्पताल त व्यस्त सडकमै छन्
नदी किनारैमा पनि
उभिएर हेर्ने ठाउं छैन
अब त
फेवाताल पनि साँघुरियो/ घेरियो रे !
कहांबाट खिचुं हजुर, माछापुच्छ्रेको तस्बीर
शहर अग्लिंदा समेत
रहर खस्किने गरी क्षति भएको छ
ए विकासे अड्डाका ...साहेबहरु !
मन फुकाउनलाई
चाक्ला ठाउँहरु कतै रहन देउ न
तिम्रा तर्कना / योजना पनि
सेतीको खोंचभन्दा
झन् कति साँघुरा हुन् ?
शहर फैलियो भन्छन
अन्तिमको कुरो छुट्ला र कमेण्टमा त्यै लेखौँला भनेको...छुटेन । हो नि खासमा साँगुरिएको त मन न हो । कविता पढिरहँदा यहि यौटा शब्द खोज्या खोज्यै भएछु ।
ReplyDeleteशहरको प्रगतिको झ्यापझ्यापी काखीकै एक कुनोमा छिप्पिएर बसेको दुर्गातिको किस्सा जति भन्यो, अपरम्पार छ !
ReplyDelete