Thursday, October 27, 2011

उर्जा

घाम कहीं त पर्छ, हावा कतै त चल्छ

हेर नदी बगेको, छाँगो कतै त झर्छ

खोज्छौ कहाँ बिकल्प, उर्जा छ यत्रतत्र

तानी निकाल्नु पर्छ, उर्जा छ आफ्नै भित्र


छन् यत्तिका बुट्यान, इन्धनका बोट होलान्

उर्जा समेल्न मिल्ने भान्सा र गोठ होलान्

टिपेर उर्जा निस्कौं, दियो यहीं त बल्छ

दियोले दियो बाल्छ, उर्जाले तिर्छ खर्च


संतापमा अल्झी बस्नु, होइन यो राम्रो तर्क

उर्जा खिपेरै हामी सम्बृध्द बन्नु पर्छ

संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?

हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |


शुभ दिपावली तथा भाईटीकाको हार्दिक मंगलमय शुभकामना !

8 comments:

  1. हो है कुरा त सहि हो । हामी साँच्चि नै आफु भित्र भएको उर्जा नचिनेर उर्जा उर्जा भन्दै कराइरहेका छौँ............. रचना राम्रो लाग्यो।

    यहाँलाई पनि ढिलै भए पनि दीपावलीको शुभकामना!!!

    ReplyDelete
  2. संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?
    हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |

    आहा, कति सुन्दर पंक्तिहरु!

    ढिलै भए पनि सरलाई पनि दीपावली तथा भाइटीकाको मंगलमय शुभकामना!

    ReplyDelete
  3. मीठा छ सर....
    यो छन्द कविता हो जस्तो लाग्यो । मलाई साह्रै थाहा छैन । तर भाका हालेर वाचन गर्न चैँ मज्जाले आउँछ । कुन छन्द रहेछ यो थाहा पाउन पो मन लाग्यो ।

    ReplyDelete
  4. वाह !, फेरि एउटा अर्को सुन्दर रचना !!

    संतापमा अल्झी बस्नु, होइन यो राम्रो तर्क
    उर्जा खिपेरै हामी सम्बृध्द बन्नु पर्छ
    संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?
    हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |


    पढ्दा- पढ्दै पनि उर्जावान भएझैँ लाग्यो ।

    तपाईँको ब्लगको अत्यन्त सुन्दर कविता मध्येको एक !!!

    ReplyDelete
  5. हो नि हौ तर उर्जा निकाल्न इच्छासक्ति का साथ पैसो पनि चाहियो क्यार ...उर्जा निकाल्ने पैसो त आधा सिबिर का लडाका ले खाए आधा भने ६०१ सभासद ले बसी बसी खाए ...........

    ReplyDelete
  6. उर्जा का बिसय मा लेखेको कबिता उपयुअक्त लाग्यो

    ReplyDelete
  7. प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    अशेषजी, कविता छंद मिलाएर लेखिएको होइन | यसको लयले गर्दा कुनै छन्दको नजिक छ कि, त्यो मलाई यकीन छैन | खोज्दै छु |

    ReplyDelete
  8. कती राम्रो कबिता उर्जा

    ReplyDelete

javascript:void(0)