घाम कहीं त पर्छ, हावा कतै त चल्छ
हेर नदी बगेको, छाँगो कतै त झर्छ
खोज्छौ कहाँ बिकल्प, उर्जा छ यत्रतत्र
तानी निकाल्नु पर्छ, उर्जा छ आफ्नै भित्र
छन् यत्तिका बुट्यान, इन्धनका बोट होलान्
उर्जा समेल्न मिल्ने भान्सा र गोठ होलान्
टिपेर उर्जा निस्कौं, दियो यहीं त बल्छ
दियोले दियो बाल्छ, उर्जाले तिर्छ खर्च
संतापमा अल्झी बस्नु, होइन यो राम्रो तर्क
उर्जा खिपेरै हामी सम्बृध्द बन्नु पर्छ
संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?
हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |
शुभ दिपावली तथा भाईटीकाको हार्दिक मंगलमय शुभकामना !
हो है कुरा त सहि हो । हामी साँच्चि नै आफु भित्र भएको उर्जा नचिनेर उर्जा उर्जा भन्दै कराइरहेका छौँ............. रचना राम्रो लाग्यो।
ReplyDeleteयहाँलाई पनि ढिलै भए पनि दीपावलीको शुभकामना!!!
संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?
ReplyDeleteहाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |
आहा, कति सुन्दर पंक्तिहरु!
ढिलै भए पनि सरलाई पनि दीपावली तथा भाइटीकाको मंगलमय शुभकामना!
मीठा छ सर....
ReplyDeleteयो छन्द कविता हो जस्तो लाग्यो । मलाई साह्रै थाहा छैन । तर भाका हालेर वाचन गर्न चैँ मज्जाले आउँछ । कुन छन्द रहेछ यो थाहा पाउन पो मन लाग्यो ।
वाह !, फेरि एउटा अर्को सुन्दर रचना !!
ReplyDeleteसंतापमा अल्झी बस्नु, होइन यो राम्रो तर्क
उर्जा खिपेरै हामी सम्बृध्द बन्नु पर्छ
संसार जो गर्न सक्छ, हामी नसक्ने के छ ?
हाम्रै पसिना, पौरख, उर्जाले बन्छ देश |
पढ्दा- पढ्दै पनि उर्जावान भएझैँ लाग्यो ।
तपाईँको ब्लगको अत्यन्त सुन्दर कविता मध्येको एक !!!
हो नि हौ तर उर्जा निकाल्न इच्छासक्ति का साथ पैसो पनि चाहियो क्यार ...उर्जा निकाल्ने पैसो त आधा सिबिर का लडाका ले खाए आधा भने ६०१ सभासद ले बसी बसी खाए ...........
ReplyDeleteउर्जा का बिसय मा लेखेको कबिता उपयुअक्त लाग्यो
ReplyDeleteप्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDeleteअशेषजी, कविता छंद मिलाएर लेखिएको होइन | यसको लयले गर्दा कुनै छन्दको नजिक छ कि, त्यो मलाई यकीन छैन | खोज्दै छु |
कती राम्रो कबिता उर्जा
ReplyDelete