एकाएक म रुख भएँ 
जरा हालें,
हाँगा हालें,
र पातहरु पलाएं,
भनें -   
अब कहीं जान्न 
यो ठाउँ छोडेर,
बरु अग्लो भै हेर्छु यहींबाट
 
स्थिर उभिएर,
धर्तीलाई छायाँ दिएँ मैले
पक्षीलाई मायाँ दिएँ 
घाम-जुनको साथी बनें
झरी-हुरीको साक्षी बनें 
र भनें-यो पनि जीवन रहेछ,
गहिराइले थाम्दो रहेछ यसको उचाईं !
धेरै भएको थिएन ,
कहाँ कहाँबाट पथिकहरु आए 
हाम्रो यो बगैंचा हेरेर रमाए 
र भने - 
अहा, क्या रुखहरु रहेछन ! 
क्या बगैंचा !
हामीले पनि यस्तै बेर्ना सार्न पाए हुन्थ्यो 
डाक्टर साब हामी पनि ओत लाग्नु आउनु पर्ला ....यसो ठुलो रुख को चरी मा
ReplyDeleteगहिराइले थाम्दो रहेछ यसको उचाईं......
ReplyDeleteकविताको उचाई देख्दा यसको गरिराई नि थाहा पाउन मन लाग्यो...सधैँ झैँ उत्कृष्ट कविता!!!!!
Wah !!
ReplyDelete