Saturday, September 17, 2011

बाटोका कुरा

खोइ,

जति

ठूला

कुरा गरे पनि


कुनै गतिला बाटा बनाएनौ तिमीले


यतिन्जेल

धेरै चौडा

बाटा

बन्नु पर्ने थियो

धेरै ठुला सबारी हिंड्नुपर्ने थियो

जताततै बाटैबाटा हुनुपर्थ्यो

तिम्रा भाइबहिनी र सन्ततिका लागि,

अब उनीहरुले

कहाँ कहाँ बाटो देखे र गए

अझै बाटो हेर्दैछन फर्की आउनलाई

आफैं बाटो खन्छु भन्ने त कमै हुन्छन

त्यस्तालाई पनि धपायौ तिमीले

अब त्यसो नगर है

किनभने

बाटाहरु प्रशस्तै चाहिन्छन हामीलाई

एउटा बाटो खन्दै गर्दा

अर्को खोज्दै गर्नुपर्ने समय भयो अब

बाटामाथि र बाटामुनि पनि

बाटा बनाउनु पर्ने बेला भयो अब


मैले नबुझेको कुरो यहि छ-

तिमी भन्छौ-

बाटाहरु धेरै भएपछि मानिस हराउँछ

म भन्छु-

बाटै नभए पो मानिस हराउँछ

जस्तै होस्,

बाटो एउटा भेट्यो भने
मानिस आफ्नो घर आउँछ


3 comments:

  1. म पनि यसै भन्छु: "बाटै नभए पो मानिस हराउँछ" । बाटाहरू धेरै भए कुनै न कुनै बाटोबाट मानिस लक्षमा पुग्छ नै ।

    एकदमै राम्रो लाग्यो यो 'बाटोका कुरा'

    ReplyDelete
  2. म पनि यसै भन्छु: "बाटै नभए मानिस पक्कै हराउँछ" तर बाटाहरू धेरै भए भने त कुनै न कुनै बाटोबाट लक्षमा पुगिन्छ नै । U r absolutely True, Hope lots of Bata haru banne chan Nepal ma aba Chadai!!!

    ReplyDelete
  3. सरका कविताहरु स्वाद लिएर पढ्ने र प्रतिकृया पनि लेख्ने चाँजो मिलाउन नसकेको धेरै भएको थियो, आज बल्ल मौका मिल्यो।

    यो 'बाटोका कुरा' मा हाम्रा धेरै कुरा अटाएका छन्। हामीलाई चाहिएको 'बाटाहरु' नै त हो, अलिक चौडा बाटाहरु, अलिक टिकाउ बाटाहरु!

    ReplyDelete

javascript:void(0)