खोइ,
जति
ठूलाकुरा गरे पनि
कुनै गतिला बाटा बनाएनौ तिमीले
यतिन्जेल
धेरै चौडा
बाटा
बन्नु पर्ने थियो
धेरै ठुला सबारी हिंड्नुपर्ने थियो
जताततै बाटैबाटा हुनुपर्थ्यो
तिम्रा भाइबहिनी र सन्ततिका लागि,
अब उनीहरुले
कहाँ कहाँ बाटो देखे र गए
अझै बाटो हेर्दैछन फर्की आउनलाई
आफैं बाटो खन्छु भन्ने त कमै हुन्छन
त्यस्तालाई पनि धपायौ तिमीले
अब त्यसो नगर है
किनभने
बाटाहरु प्रशस्तै चाहिन्छन हामीलाई
एउटा बाटो खन्दै गर्दा
अर्को खोज्दै गर्नुपर्ने समय भयो अब
बाटामाथि र बाटामुनि पनि
बाटा बनाउनु पर्ने बेला भयो अब
मैले नबुझेको कुरो यहि छ-
तिमी भन्छौ-
बाटाहरु धेरै भएपछि मानिस हराउँछम भन्छु-
बाटै नभए पो मानिस हराउँछ
जस्तै होस्,
बाटो एउटा भेट्यो भने मानिस आफ्नो घर आउँछ
म पनि यसै भन्छु: "बाटै नभए पो मानिस हराउँछ" । बाटाहरू धेरै भए कुनै न कुनै बाटोबाट मानिस लक्षमा पुग्छ नै ।
ReplyDeleteएकदमै राम्रो लाग्यो यो 'बाटोका कुरा'
म पनि यसै भन्छु: "बाटै नभए मानिस पक्कै हराउँछ" तर बाटाहरू धेरै भए भने त कुनै न कुनै बाटोबाट लक्षमा पुगिन्छ नै । U r absolutely True, Hope lots of Bata haru banne chan Nepal ma aba Chadai!!!
ReplyDeleteसरका कविताहरु स्वाद लिएर पढ्ने र प्रतिकृया पनि लेख्ने चाँजो मिलाउन नसकेको धेरै भएको थियो, आज बल्ल मौका मिल्यो।
ReplyDeleteयो 'बाटोका कुरा' मा हाम्रा धेरै कुरा अटाएका छन्। हामीलाई चाहिएको 'बाटाहरु' नै त हो, अलिक चौडा बाटाहरु, अलिक टिकाउ बाटाहरु!