Friday, August 5, 2011

फेरि केहि थुंगाहरु

लामो साधनापछि

बल्ल तयार भयो

छोटो कविता

------------

गाऊंभरी बग्रेल्ती

निभेका अगुल्टा

साउन लागेछ

--------------

हरेकसाल दैलोमाथि

पूजा-स्मृति ताजा

नागराजा

--------------

फुल्न थालेदेखि नै

केटाकेटीको सपनामा

सुन्तलाको बुढो रुख

---------------

तीजको मेला

कहाँबाट सम्झिन्छु

गुराँसे पाखा ?

---------------------

पिंढीको कुनाबाट

मुण्टो निकाल्छ

बिउको आलु

----------------

मालती फूल

कसैले लेख्यो र

तिम्रो कबिता ?

--------------

खेतको घर

टम्मै भरिएको

धानको हस्कोले

----------------

अनपढ आमा

अक्षतामै भर्नुहुन्छ

अट्नेजति आशिष

----------------

भैलिनी गाना

पैसामै बिक्री हुन्छ

सुनको छाना

------------------

झिंगाको भुँ भुँ

सुतेको कुकुर

उठेर अन्तै लाग्छ

----------------

फुक्लेको दांत

कसले फालिदेला

घरै कटाएर ?

---------------

हतार हतारमा

छिमेकीको खबर-

केरा रुखमै पाके!

-------------------

लामो बाटो

खच्चड र मान्छे

अनन्य मित्रता

-------------------

लेखिदिएछ निधारमा

कलिलै उमेरमा

नाम्लोले भाग्यरेखा

-------------------------

सुत्नुअघि

सिरक फट्कार्छु

जाडो अझै बाँकी छ

------------------------------

हिउँले गायो

घामको गीत

आफैं पग्ली जानलाई

--------------------

9 comments:

  1. फुक्लेको दाँत
    कसले फालिदेला
    घरै कटाएर ?

    दमदार !

    ReplyDelete
  2. हतार हतारमा
    छिमेकीको खबर-
    केरा रुखमै पाके!

    Any way ramailo lagyo padhera..

    aashish @ Nepali FM

    ReplyDelete
  3. पिंढीको कुनाबाट
    मुण्टो निकाल्छ
    बिउको आलु

    ReplyDelete
  4. wa re wa jabaf chhaina.Ani chaitanya jee yo haiku ho ra?

    ReplyDelete
  5. Hello! You have an interesting website. It is nice to visit here.

    ReplyDelete
  6. अहा! कति स्वादिष्ट थुंगाहरु -

    पिंढीको कुनाबाट
    मुण्टो निकाल्छ
    बिउको आलु
    -----
    अनपढ आमा
    अक्षतामै भर्नुहुन्छ
    अट्नेजति आशिष
    -----
    फुक्लेको दांत
    कसले फालिदेला
    घरै कटाएर ?
    ----
    छोए मज्जाले !

    ReplyDelete
  7. सार्है राम्रो छ......

    ReplyDelete
  8. @रोहितजी, छंदले हाइकु नभए पनि गन्धले यो हाइकु नै हो भन्ने मलाई लाग्छ | यी भावनाहरुलाई ५-७-५ अक्षरको छन्दमा ढाल्न गाह्रो छैन तर शब्दहरु अलिक उकुसमुकुस पारेर राख्नुपर्ने भएकोले त्यसो गर्न मलाइ मन लागेन |

    ReplyDelete

javascript:void(0)