हेर,
धूप टल्केको
रुखका पात पातमा
घरका छत छतमा
(
घामको ज्योति चोरेर
आफैं घाम बनेजस्ता जस्ताका छाना
!)
हेर,
रापमा बलेका सडकहरु
हेर,
तापले गलेका फूलका अधरहरु
युद्धविरामको बस्तीमा झैं
धूपको चकमन्न आवाज सुनेनौ तिमीले
?
बच्चाहरु चौरमा
खेलेको भेटिन्न
बृद्धहरु पार्कमा टहलि
एको देखिन्न
सबैलाई
नजरबन्दमा थुनेर
एकछत्र भुन्ग्रोको डोज़र
लगाउंदैहिंडेको
धूपको पदचाप देखेनौ तिमीले
?
हेर, मान्छेका आँखा
आँखामा धूप छल्केको
बाहिर निस्केर त हेर
,
तिम्रो छायाँ पनि डढेको छ आज
यी खेत,
बगरको के कुरा
खोलैमा आसन गाढेर बसेका
यी भीमकाय
ढुंगासमेत
पकाउंदैको
चुलोबाट झिकेजस्तै न्याना छन्
यो मैले ठीक गरें कि गरिन
,
उसले ल्याईदिएका
सबै राम्रा उपहारहरु भुलेर
पोहोर झैं
,
यो साल पनि
उसको बसाइलाई छोट्याएर
'बिदाइ.......!'
भन्न आतुर छु म,
हुन त, त्यति
नभन्दैमा
उसैले भनिहाल्नेछ
-
यो धूपलाई अभिधा अर्थमा मात्र लिइनँ मैले । ताप, सन्ताप र अभागको समग्र पिरोलो र बोझ हो यो हाम्रो टाउकोमाथिको । सुन्दर चित्रण गर्नुभएको छ । त्यो गए जस्तो गरी फेरि फेटौंला भन्दै फेरि आइपुगिहाल्नेछ ।
ReplyDeleteधन्यबाद धाइबाजी!
ReplyDelete