Wednesday, July 6, 2011

फोहर शहरको कुरा








धेरै पल्ट सुकिला मुकिलाको कुरा चल्यो

साँच्चै यो के भएको यार

मानिस सफा छन्,

शहर फोहर छ

(प्रश्न गर्नेलाई प्रतिप्रश्न हाजिर छ -

फोहोरी भई बस्न कसलाई रहर छ ?”)


बाटा त साँगुरा थिए नै

तीन चौथाइं ढाकेर बसेको

यो दुर्गन्धको पहाड

टाढा टाढासम्म गन्हाएर

धर्तीमै नर्क भेटाउँछ

अत्तालिंदै वल्तिर पल्तिर हिंडेपनि

एकपल्ट त अबश्य टेकाउँछ,

तैपनि जोसुकैलाई सोध्नोस् -

किन यस्तो भयो ?

निस्सन्देह, सिंहदरबारतिर देखाउंछ


यो शहरमा

घरघरै विदुषी र विचारकहरु छन्

टोलटोलै समाजसेवी र सुधारकहरु छन्

ठुल्ठुला सभा, गोष्ठी संचालकहरु छन्

प्राज्ञ, पठित, पत्रकार, प्रचारकहरु छन्

ओठ चल्छ सबैको, आँट चल्दैन

सरकार निकम्मा छ, कसलाई थाहा छैन ?

उसैको उछितो नगरी दिन ढल्दैन


यार यो के भएको

मानिस सफा छन्

फोहर छ नदी

समाधिमा ढल्ने, जल्ने ठाउँ बाग्मती

पबित्र तीर्थस्थलको हरे यो दुर्गति !

7 comments:

  1. वा रे वा कवि ज्यु.कति राम्रो फोहर शहरको फोहर गाथा!

    फोहर शहरका फोहरै गाथा
    सफा शहरका सफै गाथा
    यो गाथा सुनेर रिन्गियो मेरो माथ
    गर्नु केहि हुन्थ्यो तर छैन कसैको साथ!

    ReplyDelete
  2. I saw yr post after long time of my selfness! Anyway made me fresh, and remind My Holey Nation, eventhough people are trying to make it Hell!!!!

    ReplyDelete
  3. मानिस सफा छन्,

    शहर फोहर छ
    ..........तर सफा मानिसको मन सफा नभएर नै हो ...... शहर फोहर भएको !

    ReplyDelete
  4. यथार्थ चित्रण गरिएको संदेशमुलक कविता । समय सान्दर्भिक छ ।

    ReplyDelete
  5. You are a great writer. If you want to help me by providing some articles, you can contact me at admin@nepaliarticles.com . Thank you.

    ReplyDelete
  6. प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete
  7. kura matrai hoina kaam pani garau na ta

    ReplyDelete

javascript:void(0)