Thursday, April 28, 2011

गुप्तचर

एकदिन मैले उसलाई साहित्यकारकहाँ भेटें

खुब गफ्फिंदै भन्दै थियो -

साहित्यकारको कामै के छ

छ्यास्स लेखिदियो

ट्यांस्स टाँसिदियो

पत्रिकामा छापिदियो

बस्


अर्को दिन उसलाई

प्राध्यापकको घरमा भेटें

ऊ भन्दै थियो -

मास्टरी जागिर

उही पढ्यो

उही पढायो

भुरा भुरीलाई रटायो

बस्


फेरी अर्को दिन

डाक्टरकहाँ भेट भयो ऊ

भन्दै थियो -

नाडी छाम्यो

पैसा डाम्यो

बस्


संयोगले

बिमानचालककहाँ पनि भेटें उसलाई

भन्दै थियो - पाइलटको काम

ह्यान्डल उठायो, भुर्र उडायो

ह्यान्डल दबायो, भुइंमा गुडायो

बस्

(कुरा सुनिरहेका छिमेकी बाले

झोकै चलेर प्वाक्क सोधे-

अनि के चैं गाह्रो छ त यो दुनियामा ?

ऊ बोलेन, कुरा अन्तै मोड्यो


त्यसदिन संगसंगै फर्किंदा

उसले मलाई सोध्यो -

होइन सर,

म पुग्छु ज-जसको घर

यहाँलाई नै भेट्छु बरोबर

तपाईं कसको गुप्तचर ?

7 comments:

  1. :D गजब लाग्यो चैतन्य जी !

    ReplyDelete
  2. म भए यो नियतिको भन्ने थिएँ । गज्जब कबिता चैतन्य जी ।मैले तपाईंसँग सम्पर्क गर्ने कोशिस गरें मलाई यो इमेलमा मेल गरि पाऊँ न gyawalinp2002@yahoo.com

    ReplyDelete
  3. यो कुरा चाही सहि नै हो - तर चैतन्य जी यो त गुप्तचरको कुरा भन्दा पनि नारदको कुरा जस्तो पो लाग्यो ! सधै अर्काको कुरा मात्र गरेर बस्ने ........

    ReplyDelete
  4. कस्तो व्यंग्यपरक, रोमान्चक कविता रैछ ...

    ReplyDelete
  5. साह्रै चोटिलो! यस्ता 'ऊ' हरुको अलिक ज्यादा नै बिगबिगी छ हाम्रो समाजमा।

    ReplyDelete
  6. सरल, सरस र बोधगम्य कबिताहरु लेख्नुहुँदो रहेछ चैतन्य जी, राम्रो लाग्यो। तपाईंको ब्लगको ढोका पहिलो पटक ढक्ढकाउँदै छु। अब आउँदा जाँदा भेट्दै गरुँला।

    ReplyDelete
  7. प्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !

    ReplyDelete

javascript:void(0)