एकदिन मैले उसलाई साहित्यकारकहाँ भेटें
खुब गफ्फिंदै भन्दै थियो -
साहित्यकारको कामै के छ
छ्यास्स लेखिदियो
ट्यांस्स टाँसिदियो
पत्रिकामा छापिदियो
बस्
अर्को दिन उसलाई
प्राध्यापकको घरमा भेटें
ऊ भन्दै थियो -
मास्टरी जागिर
उही पढ्यो
उही पढायो
भुरा भुरीलाई रटायो
बस्
फेरी अर्को दिन
डाक्टरकहाँ भेट भयो ऊ
भन्दै थियो -
नाडी छाम्यो
पैसा डाम्यो
बस्
संयोगले
बिमानचालककहाँ पनि भेटें उसलाई
भन्दै थियो - पाइलटको काम
ह्यान्डल उठायो, भुर्र उडायो
ह्यान्डल दबायो, भुइंमा गुडायो
बस्
(कुरा सुनिरहेका छिमेकी बाले
झोकै चलेर प्वाक्क सोधे-
अनि के चैं गाह्रो छ त यो दुनियामा ?
ऊ बोलेन, कुरा अन्तै मोड्यो
त्यसदिन संगसंगै फर्किंदा
उसले मलाई सोध्यो -
होइन सर,
म पुग्छु ज-जसको घर
यहाँलाई नै भेट्छु बरोबर
:D गजब लाग्यो चैतन्य जी !
ReplyDeleteम भए यो नियतिको भन्ने थिएँ । गज्जब कबिता चैतन्य जी ।मैले तपाईंसँग सम्पर्क गर्ने कोशिस गरें मलाई यो इमेलमा मेल गरि पाऊँ न gyawalinp2002@yahoo.com
ReplyDeleteयो कुरा चाही सहि नै हो - तर चैतन्य जी यो त गुप्तचरको कुरा भन्दा पनि नारदको कुरा जस्तो पो लाग्यो ! सधै अर्काको कुरा मात्र गरेर बस्ने ........
ReplyDeleteकस्तो व्यंग्यपरक, रोमान्चक कविता रैछ ...
ReplyDeleteसाह्रै चोटिलो! यस्ता 'ऊ' हरुको अलिक ज्यादा नै बिगबिगी छ हाम्रो समाजमा।
ReplyDeleteसरल, सरस र बोधगम्य कबिताहरु लेख्नुहुँदो रहेछ चैतन्य जी, राम्रो लाग्यो। तपाईंको ब्लगको ढोका पहिलो पटक ढक्ढकाउँदै छु। अब आउँदा जाँदा भेट्दै गरुँला।
ReplyDeleteप्रतिक्रिया ब्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete