Monday, February 14, 2011

प्रेम गीत

यो हाँसो, गुनासो, यो मायाको चासो
यो प्रिती हो साँचो, या सृष्टिको खाँचो ?
तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
मेरो बाँसुरीको धड्कन त्यहाँ छ

ससाना खुशीले भरेका तराना
हृदयका कुचीले कोरेका निशाना
यो लेखा हो सप्पै, या जिउने बहाना ?
तिमी छौ, जहाँ छ यो दिलको ठेगाना

यो तिम्रो कथा हो कि मैले रचेको ?
या मेरो कहानी तिमीले कथेको ?
यो यात्रा बिसौनी, हो कसले गुनेको ?
तिमीले बुनेको या मैले उनेको ?

यी मनका मझेरी, यी तनका पंधेरी
यो चमचम जुनेली, यो रमरम अंधेरी
यो कण कण समर्पण, समर्थन जहां छ,
मेरो जिन्दगीको यौवन त्यहाँ छ
---------------------------------
यो पासो, ढोकांसो, यो मायांको टाँसो
जो डर्छ , त्यो हार्छ रे धर्तीको नासो !
यो गाढा इशारा, पुकारा जहाँ छ,
ल, है ! जिन्दगीको किनारा त्यहाँ छ !

10 comments:

  1. sabai valentine wishes lai maath gardiyo tapaiko kavita le

    ReplyDelete
  2. यो प्रिती हो साँचो, या सृष्टिको खाँचो ? दुवै थोक हो भन्नु पर्ला चैतन्य जी !
    Happy Valentine !

    ReplyDelete
  3. यो हाँसो, गुनासो, यो मायाको चासो
    यो प्रिती हो साँचो, या सृष्टिको खाँचो ?
    तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
    मेरो बाँसुरीको धड्कन त्यहाँ छ ..... Excellent! Really, U r in Valentine mood but!!!!!!!!!!!

    ReplyDelete
  4. यी छम् छम् खसेका शब्दले मीठो ताल सुनाए, आँखाबाट चेतमा चढेर अनि मनमा खस्दै गर्दा । सुन्दर .. अझै बज्दैछन् ....
    "ससाना खुशीले भरेका तराना
    हृदयका कुचीले कोरेका निशाना
    यो लेखा हो सप्पै, या जिउने बहाना ?"

    ReplyDelete
  5. लाग्यो यो घाम पानीको कहानी सुन्न म बर्षौं देखि बल्ल आएको छु ।

    यो तिम्रो कथा हो कि मैले रचेको ?
    या मेरो कहानी तिमीले कथेको ?
    यो यात्रा बिसौनी, हो कसले गुनेको ?
    तिमीले बुनेको या मैले उनेको ?

    प्रत्येक शव्दहरु उत्तिकै मर्मस्पर्शी छन, प्रेमिल छन ।

    ReplyDelete
  6. सवै भन्दा Rhythm राम्रो लाग्यो ।

    ReplyDelete
  7. सरल, सरस, सम्पूर्ण !!

    ReplyDelete
  8. कबिता पनि गीत भएर बगेछ सललल ।
    जे भेटें पूर्ण भेटें ।

    ReplyDelete
  9. हृदयका कुचीले कोरेका निशाना झैं सौम्य लाग्यो कविताको पठन । मादल घिन्ताङ पारे जस्तै आनन्द आयो ताल मिलेर । प्रेम दिवसको कोसेली भरिपूर्ण दिनुभयो ।

    ReplyDelete
  10. मिठो प्रेम गीत । वाह!

    ReplyDelete

javascript:void(0)