यो हाँसो, गुनासो, यो मायाको चासो
यो प्रिती हो साँचो, या सृष्टिको खाँचो ?
तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
मेरो बाँसुरीको धड्कन त्यहाँ छ
ससाना खुशीले भरेका तराना
हृदयका कुचीले कोरेका निशाना
यो लेखा हो सप्पै, या जिउने बहाना ?
तिमी छौ, जहाँ छ यो दिलको ठेगाना
यो तिम्रो कथा हो कि मैले रचेको ?
या मेरो कहानी तिमीले कथेको ?
यो यात्रा बिसौनी, हो कसले गुनेको ?
तिमीले बुनेको या मैले उनेको ?
यी मनका मझेरी, यी तनका पंधेरी
यो चमचम जुनेली, यो रमरम अंधेरी
यो कण कण समर्पण, समर्थन जहां छ,
तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
मेरो बाँसुरीको धड्कन त्यहाँ छ
ससाना खुशीले भरेका तराना
हृदयका कुचीले कोरेका निशाना
यो लेखा हो सप्पै, या जिउने बहाना ?
तिमी छौ, जहाँ छ यो दिलको ठेगाना
यो तिम्रो कथा हो कि मैले रचेको ?
या मेरो कहानी तिमीले कथेको ?
यो यात्रा बिसौनी, हो कसले गुनेको ?
तिमीले बुनेको या मैले उनेको ?
यी मनका मझेरी, यी तनका पंधेरी
यो चमचम जुनेली, यो रमरम अंधेरी
यो कण कण समर्पण, समर्थन जहां छ,
मेरो जिन्दगीको यौवन त्यहाँ छ
---------------------------------
यो पासो, ढोकांसो, यो मायांको टाँसो
जो डर्छ , त्यो हार्छ रे धर्तीको नासो !
यो गाढा इशारा, पुकारा जहाँ छ,
ल, है ! जिन्दगीको किनारा त्यहाँ छ !
sabai valentine wishes lai maath gardiyo tapaiko kavita le
ReplyDeleteयो प्रिती हो साँचो, या सृष्टिको खाँचो ? दुवै थोक हो भन्नु पर्ला चैतन्य जी !
ReplyDeleteHappy Valentine !
यो हाँसो, गुनासो, यो मायाको चासो
ReplyDeleteयो प्रिती हो साँचो, या सृष्टिको खाँचो ?
तिमी छौ र तिम्रो गुनगुन जहाँ छ,
मेरो बाँसुरीको धड्कन त्यहाँ छ ..... Excellent! Really, U r in Valentine mood but!!!!!!!!!!!
यी छम् छम् खसेका शब्दले मीठो ताल सुनाए, आँखाबाट चेतमा चढेर अनि मनमा खस्दै गर्दा । सुन्दर .. अझै बज्दैछन् ....
ReplyDelete"ससाना खुशीले भरेका तराना
हृदयका कुचीले कोरेका निशाना
यो लेखा हो सप्पै, या जिउने बहाना ?"
लाग्यो यो घाम पानीको कहानी सुन्न म बर्षौं देखि बल्ल आएको छु ।
ReplyDeleteयो तिम्रो कथा हो कि मैले रचेको ?
या मेरो कहानी तिमीले कथेको ?
यो यात्रा बिसौनी, हो कसले गुनेको ?
तिमीले बुनेको या मैले उनेको ?
प्रत्येक शव्दहरु उत्तिकै मर्मस्पर्शी छन, प्रेमिल छन ।
सवै भन्दा Rhythm राम्रो लाग्यो ।
ReplyDeleteसरल, सरस, सम्पूर्ण !!
ReplyDeleteकबिता पनि गीत भएर बगेछ सललल ।
ReplyDeleteजे भेटें पूर्ण भेटें ।
हृदयका कुचीले कोरेका निशाना झैं सौम्य लाग्यो कविताको पठन । मादल घिन्ताङ पारे जस्तै आनन्द आयो ताल मिलेर । प्रेम दिवसको कोसेली भरिपूर्ण दिनुभयो ।
ReplyDeleteमिठो प्रेम गीत । वाह!
ReplyDelete