Tuesday, June 8, 2010

बसन्त-गान




















यी बोटहरुको जुर्मुराहट हेर
सुक्ष्म ओठहरुको चुलबुलाहट हेर
मग्न माधुर्य, मन्द मुस्कुराहट हेर
नौलो संसार नियाल्ने कुत्कुत्याहट हेर

यी पातहरुको सर्सराहट हेर
सुक्ष्म हातहरुको चल्मलाहट हेर
रंग, लालित्य, रौनक, रुन्झुनाहट हेर
एक बहार बसंत बाँच्ने चाहट हेर

यी खोली, तरेली कल्कलाहट हेर
यी निश्चल परेली सल्बलाहट हेर
सुर, सौन्दर्य, स्वप्न, सुस्त-आहट हेर
यो मायाँ यो छायाँ भुल्भुलाहट हेर

यी पक्षीहरुको चिर्बिराहट हेर
प्यारो गुंड, प्रभाती तिल्मिलाहट हेर
ठण्डी रात र बर्षात, जूनको राहत हेर 
चर्को घाम र तूफान झेल्ने साहस हेर





















यो मौसम र मेरो तुल्बुलाहट हेर!
यी शब्दैपिच्छेका घबराहट हेर!
यो शान्त कलमको लड़खडाहट हेर!

12 comments:

  1. वाह! वाह! प्रकृतिप्रेम र मानव मानसिकताको क्या सुन्दर चित्रण गर्नुभयो! शब्द-शब्दमा जादू छ! र तस्बीरहरु पनि उत्तिकै राम्रा!

    ReplyDelete
  2. वाह वाह!! साच्चै प्रकृतिप्रेम झल्कियो।
    यी शब्दैपिच्छेका घबराहट हेर!
    यो शान्त कलमको लड़खडाहट हेर!
    बास्तबमा प्रकृतिका सुन्दर दृष्यहरुले कहिले काही मन तन सबै हल्लाईदिने गर्छ।

    ReplyDelete
  3. यो मौसम र मेरो तुल्बुलाहट हेर!
    यी शब्दैपिच्छेका घबराहट हेर!
    यो शान्त कलमको लड़खडाहट हेर!

    prasta dekhiyo hajur ! dhanyabad !

    ReplyDelete
  4. Seems to be really Nature loving and some of the pictures give reasons why we love Nature!! Good suited Pictures and कलमको लड़खडाहट, sanchikai kya baat cha!!!

    ReplyDelete
  5. lovely creation......just like the nature ur creation is also magical..........

    ReplyDelete
  6. आहा ! कती राम्म्रो, चित्ताकर्षक अनी भरपर्दो कबिता "मेड इन जापान" जस्तै । सलाम छ ! चैतन्यजी, तपाईको गौथली चेतनालाई ।

    ReplyDelete
  7. यो मौसम र मेरो तुल्बुलाहट हेर!
    यी शब्दैपिच्छेका घबराहट हेर!
    यो शान्त कलमको लड़खडाहट हेर!

    कविताले मन छोयो ! कति निश्चल, पवित्र र सुन्दर छ यी पदांशहरु । हजुरलाई शुभकामना आगामी दिनमा पनि यस्तै पोष्टको अपेक्षामा छु है ।

    ReplyDelete
  8. यो मौसम र मेरो तुल्बुलाहट हेर!
    यी शब्दैपिच्छेका घबराहट हेर!
    यो शान्त कलमको लड़खडाहट हेर!

    तर कविज्यूको कलम त निकै सम्हालिएर पाठकको मनै आह्लादित गराउने गरी चलेको छ है :)

    ReplyDelete
  9. यो कवितामा प्रकृतिप्रेम यथेष्ट मात्रामा झल्किएको छ । सन्दर सिर्जना !!

    ReplyDelete
  10. नयाँ कमेण्ट केही लेख्न आएन। केवल 'वाह! वाह!!' भन्दैछु ।

    ReplyDelete
  11. वसन्तको पृष्ठभूमिमा आजका नेपाली र अझ सिङ्गो धर्तीका मानवहरूका अपेक्षा प्रवाह गर्ने कविता !

    ReplyDelete
  12. वसन्त गान ले, एक किसिम को उर्जा सिञ्चित गरेको महशुस भयो !

    ReplyDelete

javascript:void(0)