फेरि पनि तिमीलाई जित्नै पर्ने होला
यहाँ तिम्रो जीतमा भयभीत हुने धेरै छन्
तिम्रो जीतलाई पनि हार देख्नेहरु छन्
तिमीले हार्यौ भने त किताबै लेख्नेहरु छन्
हुन त,
जित्नलाई
गर्नुसम्म गर्यौ होला नै तिमीले
तन मन लगाएरै गर्यौ होला
वाचा-प्रतिज्ञा पनि, मिहिनेत पनि,...सबकुरा
त्यो त झल्झली तिम्रो सम्झनामा होला
सोचे भन्दा बढ्तै जित्यौ तिमीले
तर त्यसलाई अहिले रौँ नगन्नेहरु छन्
हामी पनि कम थिएनौं भन्नेहरु छन्
तिनलाई शंका गरिहाल्न नपरेपनि
अचेल यस्तो भएको छ
तिनको बाँकी केहि नरहेपनि
तिम्रो बाँकी दिनानुदिन झरेको छ
तिनको शिर माथि नगए पनि
तिम्रो शिर तल तल सरेको छ
धरोधर्म,
हामीलाई त पर्नु पीर परेको छ
टेक्ने धरातलै गढेको छ
हार्नेले शिंहासन चढेको छ
जित्ने भुइंमा लडेको छ
लौ न, समातेर उठाईदेउ न भन्दै
उनैसँग अनुनय गरेको छ
यो कस्तो कली छाएको हो कुन्नि,
जता हेर्यो खडेरी परेको छ
जसले जे भनेपनि
तिमीले जितेकै हौ
एकचोटी लगाम खिचेकै हौ
जित्नेले धेरै होशियार हुनुपर्थ्यो
जित्नेले जिताउनेको मन छुनुपर्थ्यो
एकपल्ट जितेर
पछि फर्कि हेर्नैनपर्ने
पेशा भए पो त यो !
हार्नेलाई त के छ र,
नहारेको बहानामा तर्किबस्नु
यसो उठ्ने मौका पर्खिबस्नु
तिनको धर्मै हो त्यो,
जित्नेले अझ जित्दै गए
लगाम राम्ररी खिच्दै गए
हार्नेलाई पनि पाठ हुँदो हो
उल्टो हिंड़ेकोमा लाज हुँदो हो
हेर त अहिले,
तिमीलाई जिताएर पनि
हामीलाई लाजै भएको छ
उनलाई हराएर पनि तिमीलाई
लाजै भएको छ !
साँच्चिकै यो कुरा
कसैलाई राम्रो लागेको छैन
जीतहारको बेतुक रस्साकसी
जिताउनेलाई कहिल्यै फापेको छैन
अब तिम्रो जीत स्थापित गर्नलाई
तिमीले जितेको दम्भ फाल्नुपर्छ
अरुलाई 'हरुवा' भन्न छाडेर
जिताउनेका आकांक्षा गन्न थाल्नुपर्छ
फेरि फेरि पनि जित्ने मन छ भने
जित्नेको जिम्मेवारी सम्हाल्नुपर्छ
दुर्भाग्यबश, फेरि
जित्दा जित्दै पनि तिमीलाई
जितेरै देखाउन मन होला
यहाँ तिमीले जितेको मन नपर्नेहरू धेरै छन्
तिम्रो जीतमा पनि हार देख्नेहरु छन्
तिमीले हारेपछि त झन् किताबै लेख्नेहरु छन् |
Subscribe to:
Post Comments (Atom)
जित हार हरेक कुरा मा हुन्छ । अनि तपाई को कविता बाट यहाँ को यथार्थ अनुभुत हुन्छ !
ReplyDeleteसाच्चे यथार्थपरक कविता.. जित्नेहरु मै हु भन्ने र हार्नेहरु एकै पटकमा कुम्ल्याउने दाउमा छन्।।
ReplyDeleteराजनीतिक व्यङ्ग्य !
ReplyDeleteचैतन्य जी ! यहा, जित्ने लाइ जितको मतलब छैन , हार्ने लाइ हार को लाज छैन ... अनि साहानुभूती दिनु आफै(जनता)लाई मात्र हो - उनीहरुलाई होइन जस्तो लाग्छ !
ReplyDeleteराजनैतिक गतिविधिको ... सार निकै मज्जाले उतार्नु भा'रहेछ !
समाज, राजनीति र व्यक्तिगत सत्ताको हरेक पाटोसँग जोडेर हेर्न सकिने सान्दर्भिक कविता । यस्तो हुन्छ, भएको छ धेरै । यसैले जित साँचो अर्थमा जित हुन नसकेको नजीर छन् ।
ReplyDeleteआहा ! क्या मज्जाले लेख्नुहुन्छ !! । सन्देश मूलक हुँदा हुँदै पनि बेग्लै किसिमको मिठास र पाठकलाई एकनास सुरुदेखि अन्तसम्म 'बाध्न सक्ने" आकर्षण हुन्छन तपाईँका कवितामा । यो पनि यस्तै नै छ । वाह !
ReplyDeletesuits the social and political scenario of our country.........not only our country...but the whole world...nice poem...
ReplyDeleteराजनीतिक व्यङ्ग्य ! I am hating politics,due to fraud in it, especially, in our society, good attempt, should send to the so called leaders of Nepal!
ReplyDeleteतिनको बाँकी केहि नरहेपनि
ReplyDeleteतिम्रो बाँकी दिनानुदिन झरेको छ
तिनको शिर माथि नगए पनि
तिम्रो शिर तल तल सरेको छ
धरोधर्म,
हामीलाई त पर्नु पीर परेको छ
टेक्ने धरातलै गढेको छ
साह्रै सटिक कुरा गर्नुभयो। अरुलाई कुरी-कुरी गर्दागर्दै आफ्नो धरो कहाँ पुग्यो भन्ने चाल नपाउनेहरुले यथार्थबोध गर्न सकून्।
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद !
ReplyDelete