(भूपी शेरचन या हरिभक्त कटुवाल (जस्तो लाग्छ), कुनै एकजना प्रतिष्ठित कविले आफ्नो कविताको अन्तिम हरफमा 'हामी जीवनमा फँसेका हौं' भनेर लेख्नुभएको छ धेरै पहिले पढेको हुनाले मैले कविताको शिर्षक समेत भुलें, क्षमा चाहन्छु तर उक्त कविताको आधुनिक संस्करणको रुपमा मैले यो कविता प्रस्तुत गरेको छु)
हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, धन्य भए
हामी बांकी जो छौं, फँसेका हौं
जीवन त आफ्नो स्वेच्छाले बाँच्ने पो!
दिनभरी काम गरी निर्भय हाँस्ने पो!
हामी त प्रत्येक पल तर्सेका छौं
बिहान घरबाट निस्केको मान्छे
मुश्किलले साँझमा फर्केका छौं
भोलिको झन भयाबह दृश्यमा
आधाजसो निंद्रा खर्चेका छौं
हामी मुठभेडमा नपरेका हौं
पर्ने त परी गए, धुलो- पीठो भए
बांकी जो छौं, शिर-पाउ डरेका हौं
जीबन त आफ्नो पौरख कुँद्ने पो !
जीबन त आफ्नो गौरब उन्ने पो !
रोजानै महंगी र बेरोजगारीको पीर
उसमाथि अनिकाल र महामारीको पीर
पीरै पीरमा मीठो बैंश अर्पेका छौं
(सरकार त लुलो छ, उस्कै पीर ठूलो छ)
एकै पुरिया जीवनजलको निम्ति
पशुपतिनाथतिर फर्केका छौं
त्यसैले,हामी लाशका राशमा छुटेका हौं
मर्ने त मरीगए, रामराम भए
बांकी ढुन्मुनाउँदै उठेका हौं
रोजै अपहरणकारी छल्दै बंचेका छौं
नशाचुरका सवारी छल्दै बंचेका छौं
चंदाका फन्दाको त हिसाबै छैन हजुर
दश-थरि बंदूकधारी छल्दै बंचेका छौं
हामी फिरौतिमा नजंचेका हौं
तिर्ने त फर्कीआए, पुनर्जन्म पाए
नतिर्नेको खबर सोद्धै बसेका हौं
हामी सुराकीमा नपोलिएका हौं
पोलिने त छोडी गए, उठीबास भए,
बांकी अर्को सूचि कुर्दै घोरिएका हौं
आफ्ना रंगले कोर्ने जीवन, खोइ ?
आफ्ना धुनले भर्ने जीवन, खोइ ?
हामीसंग जीवन छैन,ज्यान मात्रै छ
त्यो पनि
बाटो छोड़दै बग्ने कोशीतीरको कृपा
बाटो तोडदै बग्ने कृष्णभीरको कृपा
कृपै कृपामा नुहेका छौं
नुहिन त पर्यो उसै, भोलेनाथका पाउमा
फोहोरका डङ्गुर पनि सुंघेका छौं
हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, मुक्त भए
हामी बांकी जो छौं, फँसेका हौं
विश्वमा कतै पनि महिला सुरक्षित छैनन्
3 days ago
सार्है मिठो शैलीमा कविता लेख्नुहुँदो रहेछ चैतन्यजी। ब्लगको नामजस्तै मिठा लागे तपाईंका कविताहरु पनि।
ReplyDeleteवाह चैतन्यजी वाह! एकदम सटीक र सशक्त कविता! कविताभित्र धेरै कविता र गजलहरु समेटिएजस्तो, ब्यापक र गहन। अरु पनि यस्तै कृतिहरु आईराखुन्!
ReplyDeleteआफ्ना रंगले कोर्ने जीवन, खोइ ?
ReplyDeleteआफ्ना धुनले भर्ने जीवन, खोइ ?
a wonderfully penned poem! it's always a pleasure to read you. keep it up, Chaitanya ji.
कविताले आफ्नै देशको दयनीय स्थिति देखाए पनि साह्रै मन पर्यो !
ReplyDelete'हामी लाशका ह्राशमा छुटेका हौं
ReplyDeleteमर्ने त मरीगए, रामराम भए
बांकी ढुन्मुनाउँदै उठेका हौं'
* *
हामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, धन्य भए
हामी बांकी जो छौं, फँसेका हौं
हाम्रो काँचो बस्तुता हो यो चैतन्यजी | जहाँबाट प्रेरणा ग्रहण गरे पनि कविता राम्रो छ |
बाह!! क्या लेख्नु भयो। हाम्रो समाजको यथार्थ चित्रण। बास्तबमै हामी जो छौ फँसेकै हो। तपाईको कबिता खुव मन पर्यो है।
ReplyDeletei could not find any word for this.....really fantastic one....wanted to read the original version too.....really really very nice.....
ReplyDeleteहामी बांचेका होइनौं, बचेका हौं
मर्ने त मरीगए, मुक्त भए
हामी बांकी जो छौं, फँसेका हौं
गज्जब ले नेपाल को परिप्रेछ मा सुहाउदो छ . सारै चित्त बुझ्यो/ येसरी सोच्ने नेता नेपाल मा भए???? हामी कति मजा ले निदौथेउ होला
ReplyDelete!!!!
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ! पन्थीजी र लुइँटेलजीलाई ब्लगमा स्वागत गर्छु|
ReplyDelete