Friday, February 26, 2021

तानाशाह शासक र चराहरू

 

‘मभन्दा माथि आकाशमा
चराहरूलाई यसरी स्वतंत्र उड्न दिनु
उचित हो कि होइन ?’
तानाशाह शासक सोच्छ
संतहरू भन्छन् - ‘यो प्रकृति हो’
देवताहरू भन्छन् - ‘यो सृष्टि हो’
जनताहरू भन्छन् - ‘महाराज !
चांगुनारायणको गजुरैबाट पनि चरा उड्छन्
सांखुका महादेवको जटामै पनि चरा बस्छन् ‘
शासकलाई यो कुरा उति रूच्दैन
तर ऊ बिलखबन्दमा पर्छ
उडिरहेका सप्पै चरालाई
उसले खसाल्न सक्तैन
एउटा खसालिसकेपछि फेरि
अर्को उड्दै आएको उसलाई सह्य हुँदैन
कति चराहरू यसरी खसालेपछि
बाँकीले उड्न छाड्छन्
उसलाई पटक्कै थाहा हुँदैन ।

No comments:

Post a Comment

javascript:void(0)