Thursday, March 21, 2019

हिंसाको अर्थ

एकसे एक
सुन्दर फूलहरु चुँडेर
तिमीले मलाई उनिंदिंदा
म प्रफुल्ल भएँ
र थापिंदै गएँ -
आफ्नो असीम सौभाग्य सम्झेर 

जब तिमीले 
मलाई समेत चुँडेर
आफ्नो घाँटीमा उन्यौ 
र बलियो गाँठो कस्यौ,
मलाई बल्ल थाहा भयो 
हिँसा के हो ? 




No comments:

Post a Comment

javascript:void(0)