भित्तामा एउटा खोपा
थियो
तिनकुने सानो खोपा
र मास्टरबाले अटाइ
नअटाइ
त्रिफला चूर्ण
राख्थे त्यहाँ
त्यो सकियो
त्यही बट्टामा
मास्टरनी आमैले
भरिन्
नौनी खारेपछिको
घ्यू
र राम्ररी
बिर्को कसेर
त्यसैगरी राखिन्
त्यही खोपामा
मध्यरातमा खोपा चरक्क चर्कियो
भित्तामा दह्रार
पर्यो
दलिनको जोर्नी
सर्कियो
र जस्तापाता
व्हांग पर्यो
त्यहींबाट शीत
खसेर
मास्टरबाको बुढी
औंला हुँदै
मझेरीमा झरेर
अंगेनातिर बग्दै
रहेछ
चिसोले उनी
ब्युँझे र
सबैतिर नियालेर भने-
हरे, ओखतीको काम
!
No comments:
Post a Comment