बसेको भए
बसिरहेकै हुनेथियौं एकै
ठाउँमा
अब थकाइको
दुखाइको, पसिनाको
र भोक तिर्खाको भर्त्सना के
गर्नु
तिनको सम्झना अब सुखद नै छ
ती बिना सम्भव हुनेथिएन यो
यात्रा |
उक्लिंदा उक्लिँदै उक्लिइसकिएछ
यति माथि
ओरालो लागेको भए यति नै झरिइन्थ्यो
होला
अझ बेसी !
जीवनको र सामर्थ्यको
बरु एउटा सीमा होला
यात्राको कुनै सीमा छैन
र म “ऊ त्यो सीमासम्म पुगेर
आएँ”
भन्ने मान्छे पनि भेटिएको
छैन
प्रेमले, सद्भावले या करुणाले
जसले यो उकालोको बाटो
देखाइदियो
उसलाई कोटी धन्यबाद दिंदै
हामी लागौं
अझ माथि माथि |
सुन्दर कबिता,पढी राखौ जस्तो लाग्ने, नसकिए हुन्थ्यो जस्तो लाग्ने!!
ReplyDeleteNice poem Babu!
ReplyDelete