भगवान मेरा आँखाहरुको पिछा
नगर
ती अतीव सुन्दर छन् र
ती भित्र झन् तीब्र
सुन्दरताको स्वप्न टांगिएको छ
म चौबाटोमा उभिएको छु यतिबेला
र
चारैतिर फैलिईरहेछु खाली आँखै-आँखा
भएर
आफ्नै अनुहारमा एक सुन्दर फूल
फुलाएर
हरेकका मुहारमा म फूल
देखिरहेछु
आफ्नै शरीरलाई एक सुन्दर
कला झैं उठाएर
हरेक आकृतिमा म बेजोड कला
भेटिरहेछु
छायाँमा पनि रंग मस्किएको देखिरहेछु
किन हो
अंध्यारोमा प्रकाशले
ठेलिरहेको देख्छु
भगवान् मेरा आँखाहरुको इर्ष्या नगर
ती अतीव सुन्दर छन् र
झनै सुन्दर छ ती भित्रको
ज्योति |
No comments:
Post a Comment