कुनै मेला उत्सबमा झैं
शहर आजपनि व्यस्तै थियो
देख्नासाथ उसले सोध्यो
–
यात्रु, आऊ, तिमी कस्तो तस्वीर चाहन्छौ ?
मसंग थरि थरिका हिमालहरू छन्,
पर्खाल झैं बसेका
ढांचा ढाँचाका पहाडहरू
छन्
खोला छन्, नदी छन्, गुफा,
झरना छन्
भन, कहाँ बसेर खिच्छौ ?
छतमा कि झ्यालमा ?
डाँडामा कि तालमा ?
गुराँसको फूल या झोलुंगे पुलसित ?
गुराँसको फूल या झोलुंगे पुलसित ?
पृष्ठभूमिमा यो हिमाल नै खूब चल्छ
त्यसलाई पनि दायाँ बायाँ सार्न सकिन्छ
त्यसलाई पनि दायाँ बायाँ सार्न सकिन्छ
रङ्ग पोतेर
रातो, पहेंलो र गुलाफी पार्न सकिन्छ
रातो, पहेंलो र गुलाफी पार्न सकिन्छ
आज दिनभरी घामसंगै घुम्नु मात्रै ,
जंगलबाट बिस्तारै उठेर
माछापुछ्रेमा घुम्टो राख्दै
निकाल्दै गरेको बादल,
अकस्मात खनिएर
बलेंसीमा तर्र झरेको वर्षा ,
बलेंसीमा तर्र झरेको वर्षा ,
कुनै सिलसिला नछुटाउंला
तिमी ढुक्क हुनु,
बेजोड सुन्दर र ताजा तस्वीरहरुको लागि
यहाँभन्दा अन्त नसोच्नु,
तिम्रा रहरैपिच्छे घाम
छायाँ मिलाउने
म स्टुडियो शहर हुँ
तिम्रो मनकै एल्बममा चम्कीबस्ने
एक मोहक, बेदाग जादुगर हुँ |
No comments:
Post a Comment