एकदिन शहरलाई भनें-
तिमी ढुंगै ढुंगाको शहर हौ
दुइपाटे चौरको शिर भएपनि
तिम्रो घांटीमै
भीमढुंगा
छातीमै ढुंगे बगर
मुटुमा साँढे झैं बसेको
चिप्लेढुंगा
कम्मरमा नागढुंगा र
पाउमा ढुंगे-शांघु छन्
शहरले तात्तातै जवाफ दियो -
तैपनि, यहाँ
ढुंगा चिरेरै नदी बगेको छ
ढुंगाकै बिचमा तलाउ जमेको छ
ढुंगा खोपेरै गुफा बनेका
छन् र
ढुंगाकै कापबाट झरना फुटेका
छन्
ढुंगाले कोमलतालाई कहाँ रोकेको
छ ?
ढुंगामाथि नै फूल फक्रिन्छ यहाँ
मेरो सिरपोश भै बसेको माछापुछ्रेमा
समेत
ढुंगैमाथि हिउँ पोतिन्छ |
सोचें-
दुनियाका तारिफले नथाक्ने
शहरलाई
जिस्काउनु व्यर्थै हो !
Realistic
ReplyDeleteRealistic
ReplyDelete