तीस बर्षपछि
अकस्मात भेट हुँदा
उसले मलाई भन्यो -
साथी, तिमी त उस्तै रहेछौ,
बिल्कुल उस्तै !
बास्तवमा
बास्तवमा
हामी दुवै
निक्कै धेरै बदलिइसकेका थियौं |
फेसबुक नहेरेरै
हामीले एक अर्कालाई चिन्यौं,
कुरा यत्ति हो |
कुरा यत्ति हो |
त्यतिबेला हामीले
संगसंगै बिताएको
आफ्नो बचपनको कुरा गरेनौं
खेत खेतै हिंडेर
खोलो तरेर
ल्यात-ल्याती बग्दो कमेरे बाटोमा
मुश्किलले धानिंदै
भीर-भीरै, कुलो-कुलै
जुत्तैबिना स्कूल हिंडेको
झारमा खुट्टा पुछेको
काठका मुढामा बसेर पढेको
त्यो केही पनि कुरा गरेनौं
माटे भित्ताले कर्यांग-मर्यांग कोरेका
माटे भित्ताले कर्यांग-मर्यांग कोरेका
धुश्रा-फुश्रा लुगाको कुरा पनि गरेनौं
कुरा भए त,
केवल आ-आफ्ना कामका
केवल आ-आफ्ना कामका
र परिवारका कुरा भए !
यार,
उ त भेटियो, गयो
उ भेटिनु भन्नु
आफ्नै सम्झनाको भल बग्नु रहेछ !
आफैसंग झन् गहिरो कुरा हुनु रहेछ !
ऊ गएपछि, सम्झें-
बर्खे खोलाले बाटो छेकेर
घर फर्कन नसकेको,
छुट्टीको दिन रहमा पौडेर
तातो ढुंगामाथि जीउ सुकाएको,
चौर-चौरै कुहिरो समात्न दौडेको,
र खेत खेतै - बाँदर लखेट्न ,
खनिया खोज्न र ऐसेंलु टिप्न हिंडेको,
उसलाई पनि याद होला शायद
खैर,
उसलाई पनि याद होला शायद
खैर,
हामीले ती कुरा गरेनौं त्यसदिन
म झन् पुरै !
मनभित्रको तस्बीरजस्तो
कहाँ उस्तै रहेको छ र हाम्रो गाउँ पनि ?
छुट्टिनु अघि
अन्तिम मौका नछुटाई
मैले पनि उसलाई भनिदिएँ -
साथी, तिमी पनि त उस्तै रहेछौ,
बिल्कुल उस्तै !
बास्तबमा
हामी दुवै
निकै धेरै बदलिइसकेका थियौं !