यात्रामा भेटिएका जूनहरु राता थिए
बतासमा महक छोड्ने सफा अनि ताजा थिए
कस्तो कस्तो मन बोकेर हिंड्दै थिएँ म नेपाल खाल्डोबाट
हर नदी, जंगल, पहाड, हर खोंचमा आँखा थिए
बाटो उही भएपनि ...... यात्रा बिल्कुल फरक थियो
यात्रामा सुनिएका धुनहरु गाढा थिए
भर्दै दम हर कदममा पुग्ने ठाउँ टाढा थिए
कस्तो कस्तो स्वप्न खोपेर निस्कँदै थिएँ म सुदुर शहरबाट
हर फाँटमा बिहानी थियो, हर बस्ती जागा थिए
यात्रा हो धूप, धुवाँ, धुलो, हिलो हुने नै भो
भोक, प्यास, थकान, अत्यास, असजिलो हुने नै भो
रुक्ने बहाना गर्नेलाई अनगिन्ति बाधा थिए
तीखा ढुंगा, काँडा थिए, भीर,पहरा, डांडा थिए
तैपनि म हिंडीरहें, हिंडीरहें, हिंडीरहें.....
के के सम्झेर आकाशले रिमझिम बर्षायो मै-माथि
हर बुँदमा शीतल सम्बाद, हर सर्कामा भाका थिए
यात्राका जूनहरु फूल झैं राता थिए
यात्राका धुनहरु धर्तीका गाथा थिए.......
आहा कत्ति सुन्दर र आत्मीय शब्दहरू ! । पढ्दै जाँदा लाग्यो म पनि यही यात्रामा छु । सायद शब्दमा नलेखिएका धेरै कुराहरू मेरो अनुभवसँग मेल खाएकोले पनि होला कि !
ReplyDeleteसुन्दर शाब्दिक यात्रामा म पनि कल्पनामै हिँडे कवि सँगै !
यो यात्रा निरन्तर चलिरहनुपर्छ । अनि यस्ता कबिताहरुले पनि यात्रामा स्फुर्ति प्रदान गर्दछन् । सुन्दर अनि अगाडि बढ्नको लागि प्रेरित गर्ने कबिता ।
ReplyDelete