Monday, April 30, 2012
शब्द-संकल्प
जब शब्द छरिन्छ्न हावासरि, तिनको हुँदैन ख्याल
जब शब्द भरिन्छन् बेलुनमा झैं, हेर्नेहरु छ्यालब्याल
अब शब्द शब्दमा पंख हाल्छु म, शब्दले भर्छु उडान
शब्द शब्दका स्वप्न कोर्छु म, डाकी सुनौलो बिहान
जब शब्दहरुमा शक्ति भरिन्छ, शब्दले ठेल्छ्न ज्वार
शब्द शब्दले तीर खेल्दछन, शब्दले काट्छन धार
अब शब्द शब्दका ताल रच्छु म, शब्द शब्दका छाल
शब्द शब्दमा भर्छु छट्पटी, हर छट्पटीमा चाल
जब शब्द छरिन्छ्न हावासरि, तिनको हुँदैन सार
जब शब्द भरिन्छन् पांग्रामा झैं, यात्रा चल्छ अपार
अब शब्द शब्दमा ज्यान भर्छु म, शब्द शब्दमा प्राण
शब्द शब्दमा भर्छु स्वाभिमान, स्वावलम्वी पहिचान
अब शब्दहरुमा रंग भरेर पोत्नुछ यो संसार
झलमल जगमग इन्द्रेणीमय रच्नुछ ढोका झ्याल
अब शब्द शब्दमा .........Thursday, April 12, 2012
शहर बढेपछि
शहर बिस्तार भयो भन्छन
सांघुरिनु नै यसको नियति भएको छ
साँघुरा घर/ बस्ती
साँघुरा स्कुल/ कार्यालय
साँघुरा सडक / गल्ली
र सांघुरै सबारी साधनहरु
मान्छेको भीड मात्रै ठूलो
टेक्ने ठाउँ जहाँतहीं साँघुरो
शहर ठूलो भयो भन्छन
नपुग्नु / नअट्नु नै यसको परिणति भएको छ
बच्चाबच्चीलाई खेल्ने चौर छैन
बुढाबुढीलाई टहलने पार्क छैन
अस्पताल त व्यस्त सडकमै छन्
नदी किनारैमा पनि
उभिएर हेर्ने ठाउं छैन
अब त
फेवाताल पनि साँघुरियो/ घेरियो रे !
कहांबाट खिचुं हजुर, माछापुच्छ्रेको तस्बीर
शहर अग्लिंदा समेत
रहर खस्किने गरी क्षति भएको छ
ए विकासे अड्डाका ...साहेबहरु !
मन फुकाउनलाई
चाक्ला ठाउँहरु कतै रहन देउ न
तिम्रा तर्कना / योजना पनि
सेतीको खोंचभन्दा
झन् कति साँघुरा हुन् ?
शहर फैलियो भन्छन
Subscribe to:
Posts (Atom)