ईन्द्रधनुष
त्यतिन्जेल नटांग
कि माकुराले जाल हालोस्
रुख नढाल
तार फेरि चुँडिन्छ
बत्ति पर्खीबस्नेको मन कुंडिन्छ
सुनसान जंगल
हतार-हतार हिंड्दा
आफ्नै प्रतिध्वनि
हल्का हिमपात
घामको हस्तक्षेप
सबथोक धुवाउंछ
तीखा कांस
हरेकको टुप्पामा
शीत उनेको
---------------------------
खेतको ठूलो ढुङ्गो
उप्काएर फालेपछि
युद्धका महानायक
बुद्धका गायक
पैसाको पायक !
बाह्रै मास फुल्ने
तर कहिल्यै नफल्ने
ओत/छायाँ पनि राम्रो नदिने
बतास पनि छेक्न नसक्ने
तैपनि
सबैलाई अल्झाईरहने
अजबको रुख
के हो भनि कसैले सोधे भने
भन्दिनु,
त्यो यहि कविताको शिर्षक हो |
------------------
झाल र रुख
लहरे झाललाई हेरेर
रुखको अन्दाज नलाउनु
बर्खामा
झालहरुले छपक्कै छोप्छन रुखलाई
झालका पातलाई नै रुखका भन्ठानौला
झालका डाँठलाई नै रुखका भन्ठानौला
त्यो गल्ती नगर्नु
झाल पन्छाएर हेर्नु
बरु यसो गर्नु ,
हिउंदमा पढ्नु रुखलाई !
----------------
मणिहरु
मणिहरु असाध्यै सफा थिए
निकै उज्यालो चहक थियो तिनमा
हजारौं रंगीबिरंगी स्वप्नहरुको
आभा छल्किन्थ्यो
दुर्भाग्यबश ती घुले
खूब चाख मानेर, पानीमा
बर्षौंसम्म यसरी घुलिरहे कि
पानीको बदलिँदो स्वादको
हेक्कै भएन तिनलाई
अब संतृप्त भएर
फेरि केही उत्रेका छन् सतहमा
जे पनि घुलेर
पानी सहिनसक्नु फोहोर भएको ज्ञान छ तीसँग
तर घुल्न तयार भै बसेका
अरु नयाँ सफा मणिहरु
त्यो कुरो पटक्कै सुन्न चाहंदैनन |
Very interesting!
ReplyDeleteतपाईका हेरेक कबिताहरु पढ्छु म। सायद, खोजी खोजी पढ्ने कबिताहरु मध्यको एक हो यो ब्लग। कहाँबाट फुर्छ यस्ता कुरा छक्कै पर्छु।
ReplyDelete