बर्षातको सङ्गीत झर्न बाँकी छ
ढम्म ढोका थुनिएको
बिशाल रंगमंचका दर्शक झैं
हरियो चौरमा बसेर
ब्यग्रतापूर्वक माथि हेर्दै
हामी कुरिरहेका छौं
आज फेरि आकाशमा
बृहत संगीतसभा बसेको छ
असंख्य सुरहरुका सारंगी
अनगिन्ती धूनहरुका बाँसुरी
कुन छंद र द्वन्दले
छलांग मार्ने हो आज
ठूलो खलबल छ
ठूलो छलफल छ
त्योदेखि बिल्कुलै अन्जान हामी
बेखबर, बेठेगान छौं
अबोध नानीहरु जस्तै
हलचल नगरी बसेका छौं
एकतमास हेरी बसेका छौं
पर्ख, बतासलाई निम्तो पस्किन देऊ
फूलको कम्मर लच्किन बाँकि छ
एकै छिनमा
बेतको मसिनो छडी सर्काएर
सभा नाइकेले
झिलिक्क संकेत गर्नासाथ
ढर्र ढर्र ड्रमहरु बज्नेछन्
र झर्र झर्र, स्यार्र स्यार्र
सुरहरुको तानाबाना गुन्जिनेछ
सबथोक फेरिनेछ त्यसपछि
हामी आफैं सङ्गीत बन्नेछौं
हामी आफैं गीत रच्नेछौँ
श्रोता र संगीतकारमा
औंला र गितारमा
कुनै भेद रहने छैन त्यतिबेला
अहँ,
संगीतले नछोपेको
कुनै ठाउं रहनेछैन त्यसपछि
त्यतिन्जेलको हाम्रो बेचैनी
पाली पालीमा,
डाली डालीमा,
सलल सल्बलाउँदै बगिजानेछ
पर्ख, एक फुर्का समय हुत्तिन देऊ
भुल्का भुल्कामा उत्सब दर्किन बाँकि छ
संगीतले टिलपिल यो घडीमा
रुझिने डरले
घर फर्किन हतारिने
ए मेरा शंकालु साथी,
पर्ख, झ्यालको पर्दा रहन देऊ
बुँद बुँदले सुर-ताल कहन बाँकी छ!
थोपा थोपामा झंकार बहन बाँकी छ!
बिशाल रंगमंचका दर्शक झैं
हरियो चौरमा बसेर
ब्यग्रतापूर्वक माथि हेर्दै
हामी कुरिरहेका छौं
आज फेरि आकाशमा
बृहत संगीतसभा बसेको छ
असंख्य सुरहरुका सारंगी
अनगिन्ती धूनहरुका बाँसुरी
कुन छंद र द्वन्दले
छलांग मार्ने हो आज
ठूलो खलबल छ
ठूलो छलफल छ
त्योदेखि बिल्कुलै अन्जान हामी
बेखबर, बेठेगान छौं
अबोध नानीहरु जस्तै
हलचल नगरी बसेका छौं
एकतमास हेरी बसेका छौं
पर्ख, बतासलाई निम्तो पस्किन देऊ
फूलको कम्मर लच्किन बाँकि छ
एकै छिनमा
बेतको मसिनो छडी सर्काएर
सभा नाइकेले
झिलिक्क संकेत गर्नासाथ
ढर्र ढर्र ड्रमहरु बज्नेछन्
र झर्र झर्र, स्यार्र स्यार्र
सुरहरुको तानाबाना गुन्जिनेछ
सबथोक फेरिनेछ त्यसपछि
हामी आफैं सङ्गीत बन्नेछौं
हामी आफैं गीत रच्नेछौँ
श्रोता र संगीतकारमा
औंला र गितारमा
कुनै भेद रहने छैन त्यतिबेला
अहँ,
संगीतले नछोपेको
कुनै ठाउं रहनेछैन त्यसपछि
त्यतिन्जेलको हाम्रो बेचैनी
पाली पालीमा,
डाली डालीमा,
सलल सल्बलाउँदै बगिजानेछ
पर्ख, एक फुर्का समय हुत्तिन देऊ
भुल्का भुल्कामा उत्सब दर्किन बाँकि छ
संगीतले टिलपिल यो घडीमा
रुझिने डरले
घर फर्किन हतारिने
ए मेरा शंकालु साथी,
पर्ख, झ्यालको पर्दा रहन देऊ
बुँद बुँदले सुर-ताल कहन बाँकी छ!
थोपा थोपामा झंकार बहन बाँकी छ!
वर्षातको संगित र माधुर्यतामा रुझ्नुको मज्जा अर्कै छ नि - चैतन्य जी !
ReplyDeleteझरी को राम्रो र शशक्त वर्णन !
This comment has been removed by the author.
ReplyDelete'कहिले देखि को रिस पोख्यो, चुट्नु चुट्यो आज' भन्दै निथ्रुक्क भिजेर कोठामा आइ पुग्दा तपाईँको यो कविता पढेपछि आफैंलाई थकथक लाग्यो अहिले त ... कस्तो प्रकृतिको सङ्गीत पनि बुझ्न नसक्ने मूर्खको दाबिलो रहेछु भनेर ... मेरो यो तातो तातो रिसमा झ्वाम्मै पानी खनाइदिनु भो ... हार्दिक धन्यवाद !
ReplyDeleteचैतन्यजीले दुनियाँ अर्कै देख्नु हुन्छ यार । माफ गर्नुहोला म डाह गर्न पाउँछु कि पाउँदिन ?
ReplyDeleteघामपानीका कहानीमा यस पाला साह्रै मस्त पानीको कहानी रहेछ । सायद मैले पहिले पनि कुनै कविताको पुछारमा कमेण्ट लेखेको हुँला। तपाईँका कविताहरु एकदमै पृथक र मोहक लाग्छन मलाई।
ReplyDeleteसाँच्चै भन्ने हो भने माथि दिनेश जीको कमेण्ट हुबहु ऐ ऐ गर्ने मन थियो मलाई पनि :)
मलाइ त एकदम मन पर्याे ।
ReplyDeleteSubarna
खै सरले त यति मिठो कविता फुराउनुभो, तर आफूलाई यही वर्षातमा होश नपुर्याउनाले रुघाखोकीले सताएर हैरान छ :)
ReplyDeleteI am now wishing for heavy rainfall in Saga after I finished reading this poem......lovely
ReplyDeleteआशावादी कविता ! हो, देवकोटाले खोजेको झञ्झावात् आउन बाँकी नै छ । आउन पर्ने नै छ सबै नभए पनि सबै जसो विकृति अन्त्य गर्न !
ReplyDeleteVery lovely and soft poem.
ReplyDeleteI am waiting this type of rainfall. But i have to wait till next year. Musical analysis about rainfall.
`पर्ख, एक फुर्का समय हुत्तिन देऊ
ReplyDeleteभुल्का भुल्कामा उत्सब दर्किन बाँकि छ`
कहिले आउला सथि त्यो समय? कसरि हट्ला सथि अपराधिकरण गराईएको सामाजिक संजाल?
प्रतिक्रिया व्यक्त गर्नुहुने सबैलाई हार्दिक धन्यबाद! मित्र हरेरामजीलाइ ब्लगमा स्वागत गर्दछु |
ReplyDelete