Wednesday, July 29, 2009

बाटो

बाटो कहिल्यै बन्द हुँदैन
बाटो बन्द भयो भन्न हुँदैन
अझै फराकिलो नबन्ने हो भने
बनिसकेको बाटो खन्न हुँदैन

पहराहरुमा फूल फुल्छन भने
फूल सम्म पुग्ने बाटो हुनुपर्छ
खोंचहरुमा मूल फुटछन भने
मूल सम्म पुग्ने बाटो हुनुपर्छ

झुपडीहरुमा दीप बल्छन भने
दीप फैलाउने बाटो हुनुपर्छ
टहराहरुमा सीप खुल्छन भने
सीप फैलाउने बाटो हुनुपर्छ
















न कांडे तार, न जंगली झार
न अग्ला पहाड़, न नदी जंघार
छेकबारले बाटो बन्द हुँदैन
बाटो अन्त्य भयो भन्न हुँदैन

हिंडेर त हेर, बाटो बन्छ
बाटोले पनि त बाटो खन्छ
नहिड्नेले बाटो छेक्न हुँदैन
हिड्नेका पैतालामा टेक्न हुँदैन

वर पर बाटो नभेटे देखि
कराएर हेर, टकराएर हेर
संशयका पर्खाल भत्काएर हेर
बाटो छेक्नेको ढंग हुँदैन
बाटो कहिल्यै बंद हुँदैन


3 comments:

  1. साह्रै सुन्दर छ!

    ReplyDelete
  2. बाटो कबित कती राम्रो, साह्रै राम्रो लाग्यो भान्जा, कती मार्मिक हो । मत प्रिन्ट गरेर मेरो साथीहरुलाई देखाएको त प्राय जसोले ईमेल गर्दिनुस् भनेर ईमेल पनि गरे।

    ReplyDelete
  3. खगेन्द्र मामालाई अनि बसन्तजीलाई धेरै धेरै धन्यवाद ! कविता र यसका कमेन्टले म आफैंलाई ब्लगको बाटोमा हिड्न डोर्याउँछ कि भन्ने ठानेको छु |

    ReplyDelete

javascript:void(0)